• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मधेश समाचार

    डेढ करोडको सामान बोकेका दुई वटा ट्रक प्रहरीको नियन्त्रणमा

    0.9K
    SHARES


    वीरगन्ज । सशस्त्र प्रहरीले वीरगन्जबाट दुई वटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ। प्रज्ञापन पत्र बेगर वीरगन्जबाट पथलैजा जाँदै गरेका दुई वटा ट्रक प्रहरीले मंगलबार राति नियन्त्रणमा लिएको हो।

    नियन्त्रणमा लिइएका ट्रकमा ना७ख ९४२ र ना२ख ९५४३ रहेका छन्। सशस्त्र प्रहरी बल १३ नम्बर मुख्यालय पर्साबाट खटिएको टोलीले राति साढे ८ बजे ट्रक नियन्त्रणमा लिएको हो।

    ना७ख ९४२ नम्बरको ट्रकमा ५१ लाख ९२ हजार रुपैयाँ बराबरको कपडा र मालसामान रहेको उक्त मुख्यालयले जनाएको छ।

    यस्तै, ना२ख ९५४३ नम्बरको ट्रकमा ९४ लाख ५३ हजार रुपैयाँ बराबरको मेडिकल सामग्री, औषधी र खुद्रा सामानहरू थिए। प्रहरीले दुबै ट्रकलाई आवश्यक कारबाहीका लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ।

    उता बिजुलीको हाइटेन्सन तारबाट करेन्ट लागेर झापामा एक टिपर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका- ५ धनुषा निवासी विकास तामाङ रहेको प्रहरीले जनाएको छ।

    कन्चन निर्माण सेवाको टिपर चलाउने तामाङ टिपरबाट निर्माण सामाग्री झार्ने क्रममा सडक किनारमा रहेको हाइटेन्सन बिजुलीको तारमा ठोक्किँदा बेहोस भएका थिए।

    बेहोस भएका उनको उपचारको क्रममा बिएण्डसी अस्पताल मृत्यु भएको वडा अध्यक्ष राजेन्द्र योङहाङले जानकारी दिए। उनी कन्चन निर्माण सेवा कम्पनीको बा १ प – ७७४७ नम्बर टिपर चालक थिए।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ