• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    भारतबाट फर्किएलगत्तै देउवा सरकारले गर्यो यस्तो निर्णय

    5.5K
    SHARES


    काठमाडौँ । सरकारले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ। नेपाल निगम संचालक समितिको मंगलबार बसेको बैठकले राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो ।

    यससँगै काठमाडौं लगायत सम्पूर्ण डिपो तथा विक्री बिन्दुबाट १५ किलोमिटर क्षेत्रभित्र पेट्रोल र डिजेल–मट्टितेलको प्रति लिटर नयाँ खुद्रा बिक्री मूल्य क्रमशः १६० र १४३ रुपैयाँ कायम गरिएको छ ।

    यस्तै हवाई इन्धन (आन्तरिक) मा ५ रुपैयाँ बृद्धि भइ प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ । यस्तै हवाई इन्धन (अन्तर्राष्ट्रिय) अमेरिकी डलर ५० ले बृद्धि भइ प्रतिकिलोलिटर अमेरिकी डलर १,५४५ कायम गरिएको छ ।

    अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धि भएकाले भाउ बढाइएको निगमको भनाइ छ । यस्तै खाना पकाउने ग्यासको मूल्य पनि फेरी २५ रुपैयाँले वृद्धि गरेको छ ।  मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेर १६ सय रुपैयाँ कायम गरेको हो ।

    ‘प्रत्येक एलपी ग्यास उद्योगबाट ५० किलो मिटर परिधिभित्र अनिवार्य रुपमा लागू हुने गरी समान बिक्री मूल्य रु १,६०० प्रति सिलिन्डर कायम गरिएको छ’, निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    यसैबीच नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२० रुपैयाँ २८ पैसा र बिक्रीदर १२० रुपैयाँ ८८ पैसा रहेको छ।

    यस्तै युरो एकको खरिददर १३२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७० पैसा रहेको छ। सँगै बेलायती पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ८२ पैसा रहेको छ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३२ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ