• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    सयौँ युक्रेनीको विभत्स शव भेटिएपछि विश्व स्तब्ध

    13.4K
    SHARES


    काठमाडौं। युक्रेनको बुचा सहरमा हालसम्म ४ सय भन्दा बढी सर्वसाधारणको शव भेटिएको युक्रेन सरकारले जनाएको छ। पछिल्लो समय रुसी र युक्रेनी अधिकारीबीचको शान्तिवार्तामा रुसले आक्रमण कम गर्ने वाचा गरेको थियो। यतिबेला रुसी सेना राजधानी किभबाट फिर्ता गइरहँदा सयौं सर्वसाधारणको शव भेटिरहेको छ।

    अधिकाँश सर्वसाधारणको हाँत बाँधिएको र टाउकोमा गो’ली लागेको पाइएको छ। हालसम्म ४१० को शव भेटिएको जनाइएको छ। मस्कोले युद्ध अपराध गरेको युक्रेनी अधिकारीहरूले बताउँदै आएका थिए। हालको घटनालाई नरसंहारको संज्ञा दिइएको छ।

    रुसले गरेको यस युद्ध अपराधको विश्वभरबाट विरोध भइरहेको छ। यतिबेला बुचा क्षेत्रमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पुगेको बीबीसीले जनाएको छ। उनले पीडितका परिवार भेटिरहेका छन्। तर, ती घटनाहरूमा आफ्नो संलग्नता नभएको रुसी सेनाले बताउँदै आएको छ।

    रुसी रक्षा मन्त्रालयले एक विज्ञप्तिमा जारी गर्दै युक्रेनी अधिकारीहरूले सार्वजनिक गरेका सबै तस्बीर र भिडियो उत्तेजना फैलाउने खालका भएका र बुचामा कुनै पनि बासिन्दाले रुसी सेनाको हातबाट हिंसा भोग्नु नपरेको दाबी गरेको छ।

    त्यस्तै युक्रेनले राजधानी किभलाई रुसी सेनाबाट मुक्त गरेको दाबी गरिरहेका बेला अमेरिकाले युक्रेनमा लामो दूरीको एन्टी–एयरक्राफ्ट सिस्टम, आर्टिलरी प्रणाली र तटीय रक्षा प्रणाली’ पठाउन आफ्ना सहयोगीहरूसँग छलफल गरिरहेको जनाएको छ।

    रुसी आक्रमणबीच अमेरिकाले अहिलेसम्म एन्टी ट्यांक हतियार, छोटो दुरीका रकेट र ड्रोनलगायत २।३ बिलियन डलर बराबरका हतियार युक्रेन पठाएको छ। तर, राष्ट्रपति जेलेन्स्कीले रुसी सेना विरुद्धको लडाईलाई निरन्तरता दिन थप हतियारको माग गरेका छन्।

    अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारले अत्याधुनिक ह’तियार क्षमताको ‘हद र गहिराई’ ‘असाधारण’ र ‘अभूतपूर्व’ हुने संकेत गरेका छन्। रुसी राषट्रपति भ्लादमिर पुटिनको युद्ध रोक्न अमेरिकाले थप प्रतिबन्ध लगाउने तयारीसमेत गरिरहेको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बताएका छन्।

    यसैबीच, बेलायतले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकलाई सम्बोधन गर्ने जनाएको छ। अमेरिका र बेलायतले बुचामा नागरिकहरूको मृ’त्युद’ण्डमा भएको कथित अपराधमा संयुक्त राष्ट्र मानव अधिकार परिषदबाट रुसलाई निलम्बन गर्न खोज्नेछन्।

    अमेरिका र बेलायतले युक्रेनी सहर बुचामा सर्वसाधारणको हत्या भएको अपराधमा राष्ट्र संघीय मानव अधिकार परिषदबाट रुसलाई निलम्बन गर्न खोज्ने बताएका छन्। त्यस्तै जेलेन्स्कीले रुसी सेनाले आफ्नो ‘युद्ध अपराध’ को निशान लुकाउन खोजिरहेको आरोप लगाएका छन्।

    जेलेन्स्कीले राजधानी किभ नजिकैको बुचामा तीन सयभन्दा बढी मानिस मारिएका दाबी गरेका छन्। बुचा सहरको एउटा सडकमा सर्वसाधारणहरूको शवको डरलाग्दो तस्बिरहरूका कारण अन्तर्राष्ट्रिय समुदायले मस्कोको निन्दा गरेको छ।

    राजधानी किभ नजिकै चार जनालाई रुसी सेनाले गोली हानेर मारेर गाडेका प्रमाण भेटिएको जनाइएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘युद्ध अपराधी’ भनेका छन् ।

    गैरकानुनी हत्याका घटनामा पुटिनले मुद्दाको सामना गर्नुपर्ने जेलेन्स्कीले बताएका छन्। रुसले सबै आरोपहरू अस्वीकार गरेको छ। सार्वजनिक भएका भिडियो नक्कली भएको मस्कोको दाबी छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ