• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    कोरोना भाइरसका यस्ता नौ नयाँ लक्षण थपिए, विश्वभर तरंग

    277
    SHARES


    काठमाडौँ । यूकेमा कोभिडका नौ नयाँ लक्षणहरू थपिएका छन्। यूकेको हेल्थ सेक्युरेटी एजेन्सीले हालै जारी गरेको निर्देशिकामा कोरोनाभाइरस सङ्क्रमणमा घाँटी दुख्ने, जीउ दुख्ने र पखालासहित अन्य लक्षणहरू थपेको हो।

    महामारी सुरु भएको दुई वर्षपछि इङ्गल्यान्डमा निःशुल्क परीक्षण अन्त्य भएको केही दिनपछि नयाँ लक्षणहरू थपिएको हो। यद्यपि न्याश्नल हेल्थ सर्भिसेजले धेरै नयाँ लक्षणहरू रुघाखोकी र फ्लुका लक्षणसँग मिल्दोजुल्दो रहेकोले होसियार रहन भनेको छ।

    महामारीको सुरुवातदेखि नै यी तीनलाई प्रमुख लक्षणहरू भनिएको थियो। विश्व स्वास्थ्य सङ्गठन र अमेरिकाले केही समय यता थप लक्षणहरू सहितको सूची प्रयोग गर्ने गरेको थियो।

    तर यूकेमा भने कोभिडका कुन-कुन लक्षणहरूलाई प्रमुख मान्ने र त्यसका आधारमा निःशुल्क परीक्षण गर्ने भन्ने विषयमा मतभेद रहेको थियो।

    टाउको दुख्ने कोभिडको लक्षण हो तर टाउको मात्रै दुखेको भरमा कसैले पनि कोभिडको परीक्षण गर्न नचाहने अवस्था हुँदा यस्ता लक्षणलाई समावेश गर्ने कि नगर्ने भन्ने स्पष्ट थिएन।

    ज्वरो, खोकी र स्वाद वा गन्ध हराउने लक्षण चाहिँ अधिकांश सङ्क्रमणमा देखिने वा कोरोनाभाइरसकै कारणले मात्रै हुने हुँदा तिनलाई प्रमुख लक्षण मानिएको थियो।

    यूकेमा हालसम्म ४९ लाख मानिसलाई कोभिड सङ्क्रमण भएको छ जुन प्रति १३ जनामा एक जना बराबर हो। इङ्गल्यान्डमा धेरैजसो मानिसका लागि निःशुल्क परीक्षण गत सातादेखि बन्द गरिएको छ।

    न्याश्नल हेल्थ सर्भिसेजे मानिसहरूलाई कोभिडका लक्षण र ज्वरो देखिए सकेसम्म घरमै बस्न र अन्य व्यक्तिबाट टाढै बस्न सुझाव दिएको छ।

    किङ्ग्स कलेज लन्डनका प्राध्यापक टीम स्पेटरले लामो समयदेखि धेरै कोभिड सङ्क्रमित मानिसहरूको लक्षणहरू अध्ययन गरेका र त्यसका आधारमा लक्षणको सूची बढाउनु पर्ने बताउँदै आएका थिए।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ