काठमाडौ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई अर्को आपत आइलागेको छ । सरकारले निर्माण सम्पन्न गरेको एउटा भवनको उद्घाटनका लागि पुगेकी झाँक्री उद्घाटन गर्न नपाएपछि आपतमा परेकी हुन् ।
मन्त्री झाँक्री पुग्दा एमाले सांसदले उक्त भवनको उद्घाटन सम्पन्न गरिसकेका थिए । धनकुटा नगरपालिका २ स्थित भिरगाउँमा आठ कोठे पक्की स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भए पछि त्यसको औपचारीक उद्घाटन कार्यक्रम तय भएको थियो ।
जसका लागि मन्त्री रामकुमारी झाँक्रीलाई निम्ता पठाइएको थियो । सघन सहरी तथा भवन निर्माण आयोजनाद्वारा १ करोड ९७ लाख लागतमा निर्माण सम्पन्न भएको उक्त भवनको उद्घाटन शनिबार शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले गर्ने तय भएको थियो । सरकारी पक्षले शनिवार भवन उद्घाटनको तयारी गर्दै गर्दा उता एमाले सांसद भने उद्घाटन गरेर फर्किसकेका छन् ।
मन्त्री झाँक्री धनकुटा पुग्नुअगावै धनकुटाका एमाले सांसद राजेन्द्र राईले भिरगाउँ पुगेर भवन उद्घाटन गरी फर्किसकेका छन् । शहरी विकास अन्तरगत बनेको उक्त स्वास्थ्य चौधरी मन्त्री झाँक्रीबाट उद्घाटन गराउने तयारी गरिएको थियो ।
धनकुटाबाट एकीकृतका कार्यकर्ता मन्त्रीलाई ‘रिसिभ’ गर्न भेडेटार पुगेका थिए । धनकुटामा मन्त्री झाँक्रीले पार्टीको नगरसभालाई सम्बोधन गरेर फर्किएको बुझिएको छ ।
शहरी विकास कार्यालय धनकुटाले मन्त्री झाँक्रीबाट उद्घाटन गर्ने कार्यक्रम तय गरी शिलालेखसमेत तयार पारेको थियो । तर, नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष चन्द्रलाल तामाङले नयाँ शिलालेख बनाएर सांसद राईको हातबाट उद्घाटन गराएका थिए ।
त्यस्तै नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले आसन्न स्थानीय तहको निर्वाचनमा लोकतन्त्रवादीको गठबन्धन हुने बताए। उनले विगत सरकारले प्रतिगमन निम्त्याएको र अहंकारी बनेकाले नै गठबन्धनको आवश्यकता परेको आरोप लगाए ।
‘विनविन’को सिद्धान्तले गठबन्धन हुन्छ भन्दै पूर्वप्रधानमन्त्री नेपालले नेकपा(एकीकृत समाजवादी) नै असली कम्युनिष्ट पार्टी भएकाले मतदाताले कलम चिह्नमा अपार मत हाल्ने विश्वास व्यक्त गरे । उनले युक्रेन र रुसको समस्या जटिल भएकाले यसको समाधान बहस र छलफलबाट टुङ्गो लगाउनुपर्ने धारणासमेत राखेका थिए ।
प्रतिक्रिया