• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति लुम्बिनी

    २०७४ सालको मतका आधारमा हुने बाँडफाँड अस्वीकार्य- डा. भट्टराई

    449
    SHARES


    काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०७४ सालको मतका आधारमा हुने बाँडफाँड स्वीकार्य नहुने बताएका छन् ।

    रुपन्देहीको शुद्धोधनमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले गठबन्धनमा २०७४ सालको मतका आधारमा हुने बाँडफाँड स्वीकार्य नहुने बताएका हुन् ।

    उनले आफ्नो पार्टी नयाँ बनेकाले २०७४ को निर्वाचनको आधारमा हुने भागबण्डा स्वीकार्य नहुने बताए । आफ्नो पार्टी देशलाई विकल्प दिने गरी नयाँ बनेको भन्दै उनले अरु पार्टीहरू पुराना रुख भएको बताए ।

    उनले भने, ‘पुराना रुखबाट केही फल्ला भन्ने आशा हुन्छ । तर अहिले पार्टीबाट फल्दैन बरु हाम्रो पार्टी नयाँ विरुवा भएपनि राम्रो फल लाग्ने छ , धेरै फल्ने छ ।’

    भट्टराईले पुराना दललाई भोट दिएर नयाँ नजिता नआउने पनि बताए । उनले पुराना दलहरुले चुनाव जितेर आफ्ना मान्छेलाई ठेक्का दिने र भ्रष्टाचार मात्रै गर्ने गरेकाले अबको चुनावमा जनताले विकल्प खोज्नुपर्ने बताए ।

    विदेशमा युवाको श्रम निर्यात गरेर देश विकास नहुने भन्दै विदेशबाट प्रविधि र पुजी भित्र्याएर स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ