• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    यी मन्त्रीहरुद्वारा एकाएक सामूहिक राजीनामाको घोषणा

    1.3K
    SHARES


    काठमाडौं । आर्थिक संकटबाट जुधिरहेको बेला श्रीलंकाका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । प्रधानमन्त्री महिन्दा राजापाक्षे बाहेक श्रीलंकाका सबै २६ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएको बीबीसीले जनाएको छ ।

    प्रधानमन्त्री महिन्दा राजापक्षे र राष्ट्रपति गोटाबाया राजापाक्षे दाजुभाइ हुन् । चरम आर्थिक संकटका कारण श्रीलंकाका नागरिकहरुको आक्रोश बढ्दो छ ।

    सरकारविरुद्ध सडकमा प्रदर्शन हुन थालेपछि र लुटपाटका घटना बढेपछि देशभर कर्फ्यु लगाइएको छ । सो कर्फ्युकोसमेत उल्लंघन गर्दै श्रीलंकाका नागरिकहरु प्रदर्शनमा उत्रिएका छन् ।

    प्रदर्शन रोक्ने प्रयासमा सडकमा सेना परिचालन गरिएको छ । कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन भएलगत्तै मन्त्रीहरुले सामूहिक राजीनामा दिएका हुन् । शिक्षामन्त्री दिनेश गुणवर्धनले मन्त्रिपरिषदका सदस्यहरुले आइतबार प्रधानमन्त्री समक्ष राजीनामा पत्र बुझाएको जानकारी दिएका छन् ।

    सन् १९४८ मा ब्रिटेनबाट स्वतन्त्र भएयताकै सबैभन्दा खराब आर्थिक स्थितिबाट श्रीलंका गुज्रिरहेको छ । डलरको कमीका कारण श्रीलंकाले अत्यावश्यक खाद्यान्न, औषधि, इन्धन लगायतका वस्तुसमेत आयात गर्न सकेको छैन ।

    यसअघि कपि र मसी किन्ने पैसा अभावका कारण विद्यालयको परीक्षा स्थगित गरिएको छ । पेट्रोलपम्प र खाद्यान्न पसलहरुमा मानिसहरुको लामो लाइन देखिन्छ ।

    श्रीलंकाले यतिबेला चरम आर्थिक संकट व्यहोरिरहेको छ। संकट यतिसम्म छाएको छ कि कागज र मसी किन्ने पैसा सरकारसँग नभएर परीक्षा रद्द भएका छन्। अभाव भएपछि महँगी बढ्ने भइहाल्यो।

    भ्रष्ट प्रशासन र नेता, कर छली, वित्तिय क्षेत्रको गलत व्यवस्थापन तथा कोरोना महामारीका कारण ठप्प पर्यटन व्यवसायका कारण त्यहाँको अर्थतन्त्र तहसनहस भएको हो। त्यतिमात्र होइन श्रीलंका त्यस्तो देश हो जहाँ निर्यातभन्दा बढी आयात हुन्छ। अर्थात् त्यहाँ उत्पादन मूलक क्षेत्र कम छन् र आयात गरिएका वस्तुले देश धानेको छ।

    यतिबेला रुस–युक्रेनको युद्धले पनि त्यहाँको अवस्था धरासायी बनाउनमा मद्दत पुर्याएको छ। श्रीलंकाले यसक्रममा विदेशी ऋण लिएर देशको अर्थतन्त्रलाई चलायमान बनाउन पनि खोजेको देखिएको छ। यद्यपी आफ्नो देशले कमाउने भन्दा बढी उ ऋणमा परेको छ। जसकारण श्रीलंकामा समस्या सिर्जना भएको हो।

    चरम आर्थिक संकटपछि लगातार त्यहाँका जनता सरकारविरुद्ध आन्दोलन गरिरहेका छन्। यहाँ सम्मकी गत बिहीबार राति प्रदर्शनकारीले राष्ट्रपतिको कार्यालयमै पुगेर आक्रमणको प्रयास गरे।

    संकट टार्न नसक्ने सरकारको काम छैन भन्दै प्रदर्शनकारी लठ्ठी, हँसिया र भाटा लिएर आक्रमणको लागि तयार भएका थिए। मार्च महिनाको १६ तारिखदेखि प्रदर्शनकारी हिंस्रक बनेका छन्।

    यतिबेला श्रीलंकामा खाद्यान्न, इन्धन, विद्युत र ग्यासको अभाव छ। त्यहाँ दैनिक १२ देखि १३ घण्टासम्म लोडसेडिङ छ भने खाद्यान्न तथा ग्यास, इन्धनको लागि घन्टौं लाइन बस्नुपर्छ।

    महँगो मूल्यमा सामग्रीहरु किन्न पनि सास्ती छ किनभने त्यहाँ सबै चिजको अभाव छ। मार्च ८ देखि अमेरिकी डलरविरुद्ध श्रीलङ्काली मुद्राको वैधानिक तरलता अनुपात झन्डै ९० अङ्कले अवमूल्यन भएको छ।

    सरकारविरुद्ध मानिसहरु आक्रामक बनेपछि त्यहाँ सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइएका छन्। धेरै क्षेत्रमा कर्फ्यु नै जारी भएको छ। मानिसहरु भोकभोकै सडमा आन्दोलन गरिरहेका छन्। औषधि, विजुली, इन्धन तथा खाद्यान्नजस्ता अत्यावश्यक सामग्री नै अभाव भएपछि मानिसहरु आक्रोशित बनेका हुन्।

    यसबीचमा श्रीलंकाका सम्पूर्ण मन्त्रीहरुले सामूहिक रूपमा राजीनामा नै दिएका छन्। चरम आर्थिक संकटप्रति असन्तुष्ट सर्वसाधारणहरूले प्रदर्शन गरिरहेका बेला २६ जना मन्त्रीहरुको सामूहिक राजीनामा आएको हो।

    तर, प्रधानमन्त्री महिन्द राजापाक्षे र राष्ट्रपति गोटाबाया राजापाक्षले भने राजीनामा दिएका छैनन्। श्रीलंकाले सन् १९४८ मा स्वतन्त्र भएपछिकै सबैभन्दा खराब आर्थिक संकट सामना गरिरहेको हो।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ