• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    सांसद पद फुकुवाको माग गर्दै दायर रिट कार्की र सुवेदीको इजलासमा

    173
    SHARES


    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का निलम्बित सांसद हरिनारायण रौनियारले सांसद पद फुकुवा हुनुपर्ने माग गर्दै दायर गरेको रिटको सुनुवाइ आज हुँदैछ ।

    कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासमा रिटको पेसी तोकिएको छ । रौनियार २० असोज, २०७७ मा सांसद पदबाट फुकुवाको माग गर्दै सर्वोच्च पुगेका हुन् ।

    उनको रिटमा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले २२ असोज, २०७७ सालमा संघीय संसद् सचिवालयको नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।

    र, रिटलाई अग्राधिकार दिने निर्णय गरेको थियो । त्यस यता सर्वोच्चले रिटको ९ पटक पेसी त तोक्यो तर हरेक पटक ‘हेर्न नमिल्ने’ सूचीमा राख्यो ।

    पप्पु कन्स्ट्रक्सनका अध्यक्षसमेत रहका रौनियारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा विशेष अदालतमा १९ असोज, २०७५ मा दायर गरेपछि स्वतः निलम्बनमा परेका थिए ।

    उनको निर्माण कम्पनीले देशभर पुलको ठेक्का अलपत्र पारेर भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले अनुसन्धानपछि मुद्दा दायर गरेको हो । २०७४ सालमा भएको संघीय निर्वाचनमा उनी पर्सा क्षेत्र नम्बर–३ बाट निर्वाचित भएका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ