• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी भिड्दै

    881
    SHARES


    काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी (पिएनजी)बीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने फाइनल खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ। आज दुबै टोली उपाधि उचाल्ने योजनासहित मैदान उत्रनेछन् ।

    घरेलु टोली नेपाल जारी सिरिजमा अपराजित रहदै फाइनल पुगेको हो । नेपालले ४ खेलमा ४ जित निकाल्दै शीर्ष स्थानमा रहेर फाइनल खेल्न लागेको हो। सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले पिएनजीलाई १५ रनले हराएको थियो भने दोस्रो खेलमा ३७ रनले जितेको थियो।

    यस्तै नेपालले मलेसियाविरुद्धको पहिलो खेलमा ६ विकेट र पहिलो खेलमा ८५ रनको जित निकालेको थियो। पीएनजीले ४ खेलमा ३ हार र एक जित निकालेको थियो । ४ खेलमा १ जित जित र ३ हार व्यहोरेको मलेसियालाई नेट रनरेटमा पछि पार्दै पीएनजी फाइनल पुगेको हो ।

    यसअघि पिएनजीसँगै भएको दुई खेलको एक दिवसिय सिरिजमा नेपाल दुवै खेलमा पराजित भएको थियो। नेपाल आज पीएनजीलाई हराएर एकदिवसीय सिरिजको बदला लिन चाहन्छ । यस्तै न्युक्यासल युनाइटेडमाथि ५-१ को प्रभावशाली जितसहित आइतबार राति टोटनहम इङ्लिस प्रिमियर लिगको चौथौ स्थानमा उक्लिएको छ।

    ३९औं मिनेटमा फाबियाना साचारको फ्रिकिक गोलमा न्युक्यासलले अग्रता लिएको थियो । त्यसको चार मिनेटपछि नै टोटनहम खेलमा फर्कियो । सनको क्रसमा बेन डेभिसले गोल गरेका थिए । ४८औं मिनेटमा म्याट डोहेर्टेको गोलमा टोटनहमले अग्रता लियो । त्यसको ६ मिनेटपछि सनले गरेको गोलमा टोटहमले ३-१ को अग्रता लियो।

    ६३औं मिनेटमा इमर्सन रोयल बललाई जाली चुमाएपछि टोटनहम फराकिलो जिततर्फ अघि बढेको थियो । खेल सकिन सात मिनेट बाँकी रहँदा स्टेभिन बर्जविनले टोटनहमका लागि पाँचौ गोल गरे । प्रिमियर लिगअन्तर्गत आइतबार भएको अर्को खेलमा वेस्ट हम युनाइटेडले एभर्टनमाथि २-१ को जित निकालेको थियो ।

    ३० खेलबाट ५४ अंक बटुलेको टोटनहम चौथो स्थानमा उक्लिएको हो । पाँचौ स्थानको आर्सनलको पनि ५४ अंक छ । यद्यपि आर्सनलले टोटनहमभन्दा दुई खेल कम खेलेको छ । यस्तै इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले युभेन्ट्सलाई १-० गोल अन्तरले हराएको छ।

    आइतबार राति भएको खेलमा हाकन काल्हानोग्लुले पहिलो हाफको इन्जुरी समयमै पेनाल्टीमार्फत निर्णयक गोल गरे । यस जितसँगै ३० खेलमा ६३ अंक जोडेको इन्टर तेस्रो स्थानमा रहेको छ । युभेन्ट्स ५९ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ