• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    सेक्रामेन्टोको रेष्टुरेन्टमा गोली चल्दा ६ जनाको मृत्यु, १२ घाइते

    869
    SHARES


    काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा ६ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । क्यालिफोर्निया राज्यको राजधानी सेक्रामेन्टोको रेष्टुरेन्ट र बारहरु रहेको व्यस्त इलाकामा स्थानीय समय अनुसार आइतबार बिहान गोली चलेको थियो । गोली चलेपछि प्रहरीले पनि जवाफी कारबाही गरेको थियो ।

    घटनामा संलग्नको पहिचान नभएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अमेरिकामा गोली काण्डबाट हरेक वर्ष करिब ४० हजार जनाको मृत्यु हुने गरेको छ । यसमा आत्महत्याको संख्या पनि संलग्न छ । यत्सै उता रुसले आफ्नो देशका वायु सेवा कम्पनीलाई भाडामा विमान दिएका अमेरिका र युरोपेली कम्पनीका सयौं व्यावसायिक विमान कब्जा गरेको छ ।

    युक्रेनमा आक्रमण गरेपछि लागेको प्रतिबन्धका कारण रुसी एयरलाइन्स कम्पनीले भोगेका चुनौति सामना गर्ने उपाय खोज्ने क्रममा रुसले कानून नै बनाएर अमेरिका र युरोपका भाडामा विमान दिने कम्पनीका विमान कब्जा गरेको हो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सरकारको प्रतिबन्ध विरोधी उपाय सम्बन्धी कानूनमा हस्ताक्षर गरेका छन् ।

    यो कानून अनुसार अब रूसी एयरलाइन्स कम्पनीले विदेशी कम्पनीबाट भाडामा लिएका विमान रूसमा दर्ता गर्न अनुमति दिएको छ । ती विमान रुसी एयरलाइन्सले आन्तरिक रुटमा उडाउन पाउने छन् । अमेरिका र युरोपका केही देशले रुसमाथि प्रतिबन्ध लगाएका छन् ।

    जुन प्रतिबन्ध अनुसार रुसी वायु सेवा कम्पनीलाई भाडामा विमान दिने अमेरिकी र युरोपेली कम्पनीले एक महिना भित्रमा फिर्ता गर्नु पर्ने छ । तर रुसले बनाएको नयाँ कानून अनुसार अब विदेशी कम्पनीहरूलाई रूसी सरकारको स्वीकृति बिना आफ्ना विमान पुन: दाबी गर्न कठिन भएको छ ।

    यस्तै रुसले अमेरिकी राष्ट्रपति जो बाइडन, विदेशमन्त्री एन्टोनी ब्लिंकन लगायतमाथि प्रतिबन्ध लगाएको छ । रुसी विदेश मन्त्रालयले प्रतिबन्धबारे जानकारी दिएको हो । राष्ट्रपति बाइडन, विदेशमन्त्री ब्लिंकन, रक्षा सचिव लोयड अस्टिन, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान र सीआईए प्रमुख विलियम बन्र्समाथि प्रतिबन्ध लगाइएको रुसी विदेश मन्त्रालयले जनाएको छ ।

    रुसले युक्रेनमा आक्रमण गरेपछि अमेरिका र पश्चिमी देशहरूले रुसमाथि लगाएका कयौं प्रतिबन्ध लगाएका कारण रुसले पनि अमेरिकामाथि प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ । अमेरिका र पश्चिमा देशहरुले केही रुसी कम्पनीहरुमाथि प्रतिबन्ध लगाएका छन् । अमेरिकाले रुसबाट तेल आयात पनि रोकेको छ । – एजेन्सीको सहयोगमा

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ