• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    माधव नेपालसहित १४ सांसदविरुद्ध ओलीले दायर गरेकाे मुद्दामा सर्वोच्चले के दियो आदेश ?

    784
    SHARES


    काठमाडौँ । एमालेबाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेको र त्यसलाई वैधानितकता दिएको विरुद्धमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिट निवेदनको पेसी २७ गतेका लागि तोकिएको छ ।

    नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालसहितका १४ जना सांसदविरुद्ध ओलीले दायर गरेको मुद्दाको पेसी संयुक्त इजलासमा आइतबार तोकिएको थियो ।

    न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजासलमा परेको सो मुद्दामा यसअघि गरिएको आदेशका कारण सुनुवाइ हुन सकेन ।

    न्यायाधीश सुवेदीले एकीकृत समाजवादीमा रहेका सोमप्रसाद पाण्डे सम्बन्धित मुद्दामा आफूले आदेश दिएको र ओलीले दायर गरेको मुद्दामा पनि पाण्डे प्रतिवादी रहेकाले हेर्न नमिल्ने जानकारी गराएका थिए ।

    ओलीले दायर गरेको मुद्दा सुनुवाइका लागि चैत २७ गते पेस गर्न न्यायाधीश सिन्हा र सुवेदीको इजलासले आदेश जारी गरेको छ ।

    ‘प्रस्तुत मुद्दा इजलासबाट सुनुवाइको मिति तोकि आज पेसी हुन आएको देखिँदा अर्को सुनुवाइको लागि मिति २०७८ चैत २७ गते को पेसी तोकिएको छ,’ आदेशमा भनिएको छ ।

    ओलीले सभामुख अग्निप्रसाद सापकोटाले एकीकृत समाजवादीका अध्यक्ष नेपालसहितका १४ सांसदमाथि कारबाही कार्यान्वयन नगरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

    यसअघि नेपाल पक्षका वकिलले आइतबारको सुनुवाइ सार्नका लागि अघि सारेको निवेदनलाई इजलासले अस्वीकार गरेको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ