• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    सहरको डाउनटाउनमा अचानक गोली चल्यो, ६ जनाको मृत्यु, थप विवरणसहित

    721
    SHARES


    एजेन्सी । अमेरिकी राज्य क्यालिफोर्नियाको साक्रामेन्तो सहरमा गो’ली चल्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। समाचार संस्था एपीका अनुसार स्थानीय समयअनुसार आइतबार बिहानै सहरको डाउनटाउनमा एक बन्धुकधारीले गो’ली चलाएका हुन्।

    सामाजिक सञ्जालमा पोष्ट भएका भिडिओहरूमा गो’ली चलेको आवाजसँगै मानिसहरू सडकमा दौडिएको देखिन्छ। गो’ली चलेको स्थानमा भारी संख्यामा प्रहरी परिचालन भएको छ।

    गो’ली कसले चलाएको हो र मारिनेहरू को-को हुन भन्ने खुलिसकेको छैन। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ। यता आफू अल्पमतमा परेपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद विघटन गरेका छन्।

    केही साताअघि संसदमा दर्ता भएको खानविरूद्धको अविश्वासको प्रस्तावमाथि मतदान हुने भनिएको दिन आइतबार नेसनल एसेम्ब्लीका उपसभामुखले उक्त अविश्वास प्रस्ताव असंवैधानिक भएको भन्दै खारेज गरिदिएको द डनले उल्लेख गरेको छ।

    अविश्वास प्रस्ताव खारेज गरेर संसद अधिवेशन स्थगित भएलगत्तै प्रधानमन्त्री इमरान खानले राष्ट्रपति आरिभ अल्भीसमक्ष संसद विघटन गर्न सिफारिस गरेका हुन्।

    पाकिस्तानको संविधानको धारा ५८ मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्न सक्ने व्यवस्था छ। इमरान खानको सिफारिसलगत्तै राष्ट्रपति अल्भीले संसद विघटन गरेको पाकिस्तानी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

    राष्ट्रपतिले संसद विघटन गरेसँगै पाकिस्तानमा अब ९० दिनभित्र चुनाव हुने भएको छ। प्रधानमन्त्री खानले आफू अल्पमतमा परेपछि विरोधीहरूलाई विदेशीको पैसा लिएर सरकारविरूद्ध षडयन्त्र गरेको आरोप लगाएका छन्।

    ३४२ सदस्यीय नेसनल एसेम्ब्लीमा बहुमतका लागि १७२ सांसद चाहिन्छ। खानको पाकिस्तान तेहरिक-ए इन्साफ पार्टीका १३३ सांसदमात्रै छन्। खानले गठबन्धन बनाएर बहुमत पुर्‍याएका थिए।

    उनलाई गठबन्धनकै केही दलले दिएको समर्थन फिर्ता लिएका छन् भने आफ्ना पार्टीका केही सांसदले पनि उनलाई विश्वासको मत नदिने बताएका थिए।

    संसदमा विश्वासको मत पाउने सम्भावना नभएपछि खानले संसद विघटन गरिदिएका हुन्। विपक्षी सांसदहरूले भने संसद विघटन गर्ने निर्णय असंवैधानिक भएको भन्दै सर्वोच्च अदालत जाने बताएका छन्।

    संसदको बैठक स्थगित भएपछि विपक्षी सांसदहरू संसद भवनमै छन्। पाकिस्तान पिपल्स पार्टीका अध्यक्ष बिलवाल भुट्टो जर्दारीले सर्वोच्च अदालतमा मुद्दा हाल्न कानुन व्यवसायीहरूसँग छलफल गरिरहेको बताएका छन्।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ