• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नयाँ बर्षको मुखैमा देउवा सरकरले गर्यो जनतालाई मार पर्ने निर्णय

    1.1K
    SHARES


    काठमाडौं । देउवा सरकारले नयाँ वर्षको मुखैमा अन्तर प्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढाएको छ ।

    यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायातमन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार यात्रुबाहक सवारी साधनमा भने भाडा १० प्रतिशतले बढाएको छ ।

    पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायानत व्यवस्था विभागले जनाएको छ । यात्रुबाहक तथा मालबाहकसहित पहाडी तथा तराई क्षेत्रका भूगोलअनुसार १० देखि १५ प्रतिशतसम्म भाडा बढाउने निर्णय भएको छ ।

    पेट्रोलियम पदार्थमा भइरहेको मूल्य वृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सवारीको भाडा बढाउने निर्णय भएको हो । संघ सरकारले भाडा बढाएपछि प्रदेश सरकारहरुले पनि मध्यम र छोटो दूरीका सवारीको भाडा बढाउने छन्।

    भौतिक पूर्वाधार तथा यायायातमन्त्री रेणुकुमारी यादवले अब पेट्रोलियम पदार्थमा न्यूनतम ५ प्रतिशत मूल्य घटबढ हुनासाथ गाडी भाडा समायोजन गर्ने निर्णय पनि गरेकी छिन् ।

    अब गाडीका पार्टपूर्जासहित अन्य पक्षको मूल्यवृद्धिको हरेक वर्ष चैतमा पुनरावललोकन गरेर भाडा समायोजन हुनेछ । सवारीको वैज्ञानिक भाडा समायोजन गर्ने व्यवस्थाअनुरुप अहिलेसम्म पेट्रोलमा ५ रुपैयाँ मूल्य घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने व्यवस्था थियो ।

    तर, सो व्यवस्था प्रभावकारी नभएपछि विभागले ५ प्रतिशत मूल्य घटबढ भएमात्रै समायोजन गर्ने व्यवस्था गरिएको हो । यसैबीच नेपाल आयल निगमले उपत्यकाको पेट्रोलियम पदार्थको माग सामान्य बन्दै गएको जनाएको छ ।

    शुक्रबारदेखि पेट्रोलियम पदार्थको ढुवानीमा हुँदै आएको अवरोध स्थगित गर्ने सहमति बनेपछि पेट्रोलियम पदार्थको बिक्री र माग सामान्य बन्दै गएको निगमले जनाएको हो ।

    व्यवसायीहरूले कमिसन बढाउनुपर्ने भन्दै शुक्रबारदेखि देशव्यापीरूपमा पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेका थिए । पेट्रोलियम पदार्थ ढुवानी एसोसिएशन, एलपी ग्यास उद्योग संघ र पम्प व्यवसायीहरूले संयुक्त आन्दोलन गर्दै पेट्रोलियम पदार्थको ढुवानी रोकेका थिए ।

    यससँगै, उपत्यकासहित देशभर पेट्रोलियम पदार्थको बिक्री÷वितरणमा चाप परेको थियो । शनिबार बेलुका निगमबीच सहमती बनेपछि व्यवसायीले आन्दोलन फिर्ता लिएका थिए । जसअनुसार, आज विहान ८ बजेदेखि सामान्य रूपमा बिक्री हुने बताइएको थियो ।

    तर, व्यवसायीहरूसँगको सहमतिपछि पनि ट्याङ्कर चालकहरूले आन्दोलन सुरू गर्दा केही समय पेट्रोल ढुवानी रोकिएको थियो । निगमका प्रवक्ता विनितमणि उपाध्यायले दिउँसो १ बजेदेखि चालकहरूसँग सहमति भएपछि ढुवानी नियमित बनेको र उपत्यकाको कूल मागको ५० प्रतिशत पेट्रोलियम पदार्थ बजारमा गइसकेको बताए ।

    उपत्यकाको दैनिक पेट्रोलियम माग १६ सय किलोलिटर हो । यसमध्ये अहिलेसम्म ८०० किलोलिटर तेल बजारमा गइसकेको उपाध्यायले जानकारी दिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ