काठमाडौँ । सुनको भाउ आइतबार चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९९ हजार तीन सय रुपैयाँ कायम भएको छ ।
यसअघि, शुक्रबार सुन तोलाको ९९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजाबी सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको भाउ भने स्थिर रहको छ । शुक्रबार एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेकाे महासंघले जनाएकाे छ ।
यस्तै नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२० रुपैयाँ ९७ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५७ पैसा रहेको छ।
यस्तै युरो एकको खरिददर १३३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३३ पैसा रहेको छ। सँगै बेलायती पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५९ रुपैयाँ ६६ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ११ पैसा र बिक्रीदर ३३ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया