• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    राजधानी किभ पुरै आफ्नो नियन्त्रणमा रहेको युक्रेनको दाबी, के हो यथार्थ ?

    549
    SHARES


    काठमाडौं । युक्रेनले राजधानी किभका सबै क्षेत्रमा आफ्नो नियन्त्रण रहेको जनाएको छ । रुसी सेना फिर्ता हुन थालेपछि किभ पूर्णरुपमा आफ्नो नियन्त्रणमा रहेको युक्रेनको रक्षा मन्त्रालयले जनाएको हो ।

    यद्यपि रूसको तर्फबाट भने यो कुराको पुष्टी हुन सकेकाे छैन । रुसी सेनाले किभ नजिकैको होस्टमेल विमानस्थल छोडेका छन् । सोही विमानस्थल नियन्त्रणमा लिएर रुसले आक्रमण गर्दै आएको थियो ।

    टर्कीमा भएको वार्तामा सहमतिको आधार तयार हुँदै गएको भन्दै रुसले आफ्ना सेनालाई पछि हटाएको बताइएको छ । यद्यपि पश्चिमा देशहरुले भने रुस कमजोर भइसकेकाले पछि हट्न बाध्य भएको दाबी गरेका छन् ।

    युक्रेनका इरपिन, बुका, होस्टमेल लगायतका क्षेत्रबाट रुसी सेना फिर्ता हुँदै गएका बीबीसीले जनाएको छ । अलजजिराका अनुसार इरपिनका मेयरले भने इरपिनको अवस्था अझै पनि खतरनाक रहेको बताएका छन् ।

    यता पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्तावमा आज भोटिङ हुँदै छ । अविश्वासको प्रस्ताव टुंगो लगाउन स्थानीय समयअनुसार आज बिहान साढे ११ बजे संसदको बैठक बोलाइएको छ । अपराह्न तीन बजे अविश्वास प्रस्तावमा मतदान हुनेछ ।

    सत्ता गठबन्धनका दल नै प्रधानमन्त्री खानको विपक्षमा उभिएपछि उनी संकटमा परेका छन् । अल्पमतमा परे पनि उनले राजीनामा नदिने बरु अविश्वास प्रस्ताव सामना गर्ने बताएका छन् ।

    अहिलेसम्म खानको पक्षमा १४२ र विपक्षमा १९९ सांसद देखिएकाले गणितीय हिसाबमा उनी पदमुक्त हुने निश्चित रहेको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    पूर्व राष्ट्रिय क्रिकेट खेलाडी इमरान खानले पाकिस्तानको प्रधानमन्त्री पद सन् २०१८ को अगष्टदेखि सम्हालिरहेका छन् । विपक्षी दलहरुले उच्च महँगीलाई प्रमुख मुद्दा बनाएर सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएका थिए ।

    प्रधानमन्त्री खानले आफूविरुद्ध अमेरिकाले षडयन्त्र गरेको आरोप लगाएका छन् । पाकिस्तानी सेना भने आफ्नो पक्षमा रहेको खानले बताएका छन् । उनले भनेका छन्, ‘अविश्वास प्रस्ताव पास भयो भने अमेरिकाको जित हुनेछ ।’

    उनले आफू कहिले पनि भारतविरुद्ध नभएको बताए । ‘म एन्टी अमेरिकी भएँ तर एन्टी इण्डिया रहिनँ,’ उनले भनेका छन्, ‘हामी सबैसँग मित्रता चाहान्छौं । आज पाकिस्तानमा ठूलो परिवर्तन आएको छ । २५ वर्षअघिसम्म मैले यस्तो परिवर्तन देखेको थिइनँ । अमेरिकाविरुद्ध पूरै जनता छन् ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ