• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    चुनावी आचारसंहिता कार्यान्वयनबारे आयोगले दलहरूसँग छलफल गर्ने

    214
    SHARES


    काठमाडौँ । निर्वाचन आयोगले वैशाखमा हुने स्थानीय तहको चुनावका आचारसंहिता कार्यान्वयनबारे दलहरूसँग छलफल गर्ने भएको छ।

    स्थानीय चुनावका लागि दल दर्ताको निवेदन दिएका दलहरूलाई आयोगले छलफलका लागि बोलाएको हो। चैत २२ गते मंगलबार दलहरूका प्रतिनिधिसँग आयोगले आचारसंहिताबारे प्रतिवद्धता लिन लागेको छ।

    आयोगले वैशाख ३० मा हुन गइरहेको निर्वाचनका लागि दलहरूबाट निर्वाचन आचारसंहिता कार्यान्वयनबारे प्रतिवद्धता लिने तयारी गरेको आयोग स्रोतको भनाइ छ।

    गत चैत ३ मै निर्वाचन आचारसंहिता स्वीकृत भई राजपत्रमासमेत प्रकाशित भइसकेको छ। स्थानीय चुनावमा भाग लिने ७९ दलका प्रतिनिधिसँग छलफल गरेर आचारसंहिता पालनाको लागि प्रतिवद्धता लिइने आयोगको भनाइ छ।

    स्थानीय तहको निर्वाचनका लागि कपिलवस्तुमा सत्तारुढ दल बिच गठबन्धनका लागि ५ दलीय संयन्त्र निर्माण गरिएको छ । शनिबार कपिलवस्तुको तौलिहवामा नेपाली काँग्रेसको पार्टी कार्यालयमा पाँच दलका नेताहरूको बैठकले काँग्रेस जिल्ला सभापति अब्दुल कलाम खा अध्यक्षतामा ५ सदस्यीय संयन्त्र गठन गरेको जनाएको छ ।

    आज भएको संयन्त्रमा जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव, एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष लंक बहादुर हमाल नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष रामचन्द्र शाह, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधीराम आचार्य सदस्य रहेका छन् ।

    संयन्त्रका अध्यक्ष कलामले आज भएको पर्सि बस्ने बैठकमा जिल्ला सबै स्थानीय तहमा दलहरूको आ आफ्नो अवस्थाको रिपोर्ट ल्याउने त्यस आधारमा गठबन्धनको थप प्रक्रिया अगाडि जाने रातोपाटीलाई बताए ।

    उनले गठबन्धन लागि चुनावका राम्रो हुने अपेक्षा सहित काम अगाडि बढेको बताउदै सबैलाई मिलाएर जाने पक्षमा जिल्ला स्तरमा सबै दलका नेताहरू रहेको बताए । कपिलवस्तुमा २०७४ को निर्वाचनमा काँग्रेसले ६, एमालेले २, जनता समाजवादी पार्टीले २ पालिकामा जितेको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ