• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नेपाल-भारत सिमा विवादबारे देउवा र मोदीबीच भयो यस्तो सहमति, अब के हुन्छ ?

    545
    SHARES


    New Delhi : Prime Minister Narendra Modi greets his Nepalese counterpart Sher Bahadur Deuba before their talks in New Delhi on Thursday. PTI Photo by Shirish Shete(PTI8_24_2017_000145B)

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा विवादको कुरा उठाएको बताएका छन् ।

    प्रधानमन्त्री देउवाले नेपाल-भारतबीचको सीमा विषयलाई स्थापित द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्न आफूले समकक्षी नरेन्द्र मोदीलाई भनेको उल्लेख गरेका छन् ।

    हैदराबाद हाउसमा शनिबार भएको द्विपक्षीय भेटवार्तापछि भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले भने,‘हामी (देउवा र मोदी) ले सीमा विषयका बारेमा छलफल गर्‍यौं । र, मैले मोदीजीलाई यो विषय द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्नका लागि आग्रह गरेका छौँ ।’

    त्यसपछि नेपाल-भारत बीचमा देखिएको सीमा विवादलाई छलफल र संवादमार्फत समाधान गर्न दुई देशका प्रधानमन्त्रीबीच सहमति भएको छ । शुक्रबारदेखि भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको छलफलमा सो सहमति भएको हो ।

    भारतीय विदेश मन्त्रालयका सचिव हर्षवद्र्धन श्रृङ्गलाकाअनुसार दुई देशका प्रधानमन्त्री बीच यस विषयमा गभ्मीर छलफल भएको छ । सचिव श्रृंगलाले भनेका छन्, दुई देशका प्रधानमन्त्री बीच यस विषयमा गभ्मीर छलफल भयो, यस विवादलाई छलफल र संवादको माध्यमबाट समाधान गर्ने समझादारी भएको छ ।’

    सीमा विवादलाई अनावश्यक रुपमा राजनीतिकरण गरिएको र त्यसलाई दुवै देशले बेवास्ता गर्न आवश्यक रहेको विषयमा समेत दुई देशका प्रधानमन्त्री बीच सहमति भएको उनले बताए । सिमा विवादजस्तो बिषयलाई  राजनीतिकरणसंग जोडेर भारतीय पक्षले लज्जास्पद जवाफ दिएको छ ।

    भारतीय विदेश मन्त्रालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा सचिव श्रृङ्गालले सीमा समस्यालगायत सुरक्षा समस्याका विषयमा पनि दुई देशबीच छलफल गरेर समाधान गरिने उनले बताए ।

    उनले प्रधानमन्त्री देउवाको भारत भ्रमणले दुई देशका जनतालाई निकै फाइदा हुने समेत बताए । नेपाल भारतबीच भएको सहमतिले दुई देशलाई फाइदा हुने बताउँदै यसले दुवै देशको जनतामा सकारात्मक सन्देश जाने विश्वास लिएको समेत बताए ।

    नेपाल र भारतबीच पछिल्लो समय सीमा विवादका कारणले गर्दा समस्या भइरहेको छ । दुई मुलुकबीच सीमा समस्या समाधानको लागि पटक–पटक पहल भए पनि अघि बढ्न सकेको छैन ।

    सन् २०१४ मा मोदीकै नेपाल भ्रमणका दौरानमा सबैभन्दा बढी विवादमा रहेको कालापानी क्षेत्र र सुस्ता क्षेत्रका लागि वार्ता गर्नको लागि परराष्ट्र सचिवस्तरीय संयन्त्र बनेको थियो । जसको अहिलेसम्म बैठक बनेको छैन ।

    भारतले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा हुँदै तिब्बतको मानसरोवर जाने सडक बनाएपछि दुई देशबीचको कूटनीतिक सम्बन्ध चिसिएको थियो । केही समयअघि मात्रै भारतीय प्रधानमन्त्री मोदीले उक्त सडक निर्माणमा तीव्रता दिएको बताएका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ