काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवा भारत भ्रमणका लागि नयाँ दिल्ली पुगेकै दिन अमेरिकी सेनाको एक टुकडी सुटुक्क त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको छ ।
शुक्रबार साँझ करिब ६ बजेर १० जाँदा अन्तरराष्ट्रिय विमानस्थलमा अमेरिकी सेनाको एयर फोर्स ल्याण्ड गरेको हो । तर अमेरिकी सेना अन्य केही प्रयोजनका निम्ति नभएर नेपाली सेनासँग संयुक्त रूपमा सञ्चालन हुने ब्यालेन्स नेल २२–५५२० मा सहभागी हुन नेपाल आएको दावी गरिएको छ ।
यो टोलीमा अमेरिकी सेनाका विभिन्न दर्ताका २२ सैनिक सहभागी छन् । ब्यालेन्स नेल नेपाली सेना र अमेरिकी सेनाबीच हुने संयुक्त सैन्य तालिम हो । केही वर्ष अघिदेखि जोडिएको यो सम्बन्ध जारी छ ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले हरेक वर्ष सञ्चालन हुने यो तालिमका लागि अमेरिकी सेनाको एक टोली चैत १६ गते नेपाल आएको जानकारी दिए ।
नियमित प्रक्रिया भए पनि नेपाली सेनाले यसलाई योपालि सार्वजनिक भने गरेको छैन । रक्षा मन्त्रालय स्रोतका अनुसार, नेपाली सेना र अमेरिकी सेनाबीचको यो तालिम चैत १६ गतेबाट नै शुभारम्भ भइसकेको छ ।
तथापि, तालिम सञ्चालन गरिएको स्थानबारे भने गोप्य राखिएको छ । नेपाली सेनाका प्रवक्ता सिलवालले यसबारे आफू ‘अपडेट’ हुन बाँकी रहेको बताए ।
तालिम झण्डै एक महिना अर्थात् आगामी वैशाख १६ सम्म सञ्चालन हुनेछ । तालिममा सहभागी हुन आएको अमेरिकी सेनाको टोलीले हतियार, एम्युनिसन, मिलापका साधन तथा आवश्यक अन्य सामग्री साथमै लिएर आएका छन् ।
नेपाली सेनाको नीति तथा योजना निर्देशनालय व्यवस्था, नीति तथा योजना विभागले तालिमबारे जानकारी गराउँदै अमेरिकी सेना र तिनले ल्याउने सामग्रीलाई अनुमति दिन रक्षा मन्त्रालयलाई अनुरोध गरेको थियो ।
रक्षाले सचिवस्तरीय निर्णयबाट ती सामग्री ल्याउन अनुमति दिएको पाइएको छ । रक्षाले अनुमति प्रदान गर्दै गृह, परराष्ट्र, अर्थ, संस्कृति तथा पर्यटन र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई जानकारी गराएको थियो ।
एमसीसी पास भएसंगै नेपालमा उक्त जहाज आउनु सोहि परियोजनासंग जोडिएको भन्दै चर्चा सुरु भएको छ । एमसीसी खारेजीको माग पनि बढेको छ तर सरकारले भने कार्यान्वयनको बाटोतर्फ सम्झौता अघि बढाउने तयारी थालेको छ । केहि साना कम्युनिष्ट पार्टीहरुको एमसीसी खारेज हुनुपर्ने बताउदै आएका छन् ।
भित्र सदन अवरुद्ध अनि बाहिर सडक तनावग्रस्तबीच गत फागुन राति ९ बजे संसद्बाट एमसीसी अनुमोदन भएको थियो । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) जब मुलुकका लागि राष्ट्रघात छ भनेर हजारौं नेपाली जनता माइतीघर र नयाँ बानेश्वर क्षेत्र दिनहुँजसो विरोध जनाएर आन्दोलन गरिरहेका भे पनि आखिर सत्तारूढ दलहरूले एमसीसी अनुमोदन गराइछाडे ।
संसद्मा सरकारविरुद्ध चर्को नाराबाजीबीच एमसीसीको व्याख्यात्मक बहस चलिरहेको थियो । संसद्मा विभिन्न सांसदहरूले बोल्ने क्रममा कसैले एमसीसीको विषयमा आजसम्म पनि राम्ररी बुझेका छैनन् भने कसैले एमसीसी राष्ट्रघाती हो भनेका छन् त कसैले एमसीसी विकास परियोजनाको साझेदार हो, यो मुलुकका लागि हित छ भनेका थिए ।
फागुन ८ गते आइतबार बसेको संसदीय दलको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई एमसीसी टेबुल गराएसँगै एमसीसी अनुमोदनका लागि फागुन १२ गते बिहीबार दिनको एक बजेका लागि बैठक राखेको थियो ।
आन्दोलित मोर्चाले सडक तनावग्रस्तै बनाए । शान्तिपूर्ण नाराबाजी भएको बिरोधमा आन्दोलनकारीले निषेधित घेरा तोडेर जाने बेला प्रहरीले लाठीचार्ज अर्थात् बल प्रयोग भएको थियो । आन्दोलनकारीलाई तितरबितर पारेसँगै आन्दोलनकारीहरूले सडकका पेटीको ब्लक निकालेर प्रहरीलाई हाने, इँटा–ढुङ्गाले हाने प्रहरीले पनि भाटा र केही अश्रुग्यास, पानीको फोहरा हानेको थियो भने आन्दोलन पक्ष र प्रहरी दुवै तर्फबाट दर्जनौं घाइते भएका थिए । त्यस दिन तनावग्रस्तै बन्यो बानेश्वर ।
फागुन १२ गते पनि उस्तै सुरक्षा कडा पारेको थियो । बिहान ११ बजेदेखि विभिन्न राजनीतिक दल एमसीसीविरुद्धमा उत्रेका अगुवाइहरूको विरोध जुलुसले बानेश्वर तातेको थियो, उता प्रहरीले सुरक्षा घेरा कडा बनाएको थियो । नभन्दै ८ गतेको जस्तै परिस्थिति फेरि फागुन १५ गते आइतबार दोहोरियो ।
प्रहरीले लाठीचार्ज, रबर गोलीदेखि अश्रुग्यास पानीको फोहरा हानेका थिए । भीड तितरबितर भयो, आन्दोलनकारीले प्रहरीलाई गुलेलीले समेत हिर्काए । उता भने सत्तापक्षले एमसीसी पास गराउन संसद्मा फागुन १५ गते १ बजे बोलाएको बैठकमा दिनभरिजसो सांसदहरूको एमसीसीको व्याख्यात्मक अभिव्यक्ति पछिपछि सोही दिन अबेर राति तनावै तनावको बीच एमसीसी अनुमोदन संसद्बाट पारित भयो ।
प्रतिक्रिया