• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    देउवा र मोदीले उद्घाटन गरे जयनगर-जनकपुर रेलको

    190
    SHARES


    काठमाडौँ । भारतको जयनगर र नेपालको कुर्था जोड्ने रेलवे लाइनको उद्घाटन भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले शनिबार नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट बटन थिचेर रेलवेको भर्चुअल उद्घाटन गरेका हुन्।

    दुबै प्रधानमन्त्रीले अन्तरदेशीय रेलवेका लागि हरियो झन्डा पनि फहराएका थिए। दुई प्रधानमन्त्रीले झन्डा फहराएपछि जयनगरबाट रेल चलेको थियो। उक्त रेलमार्ग भारतीय अनुदानमा बनेको हो।

    यसैबीच भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने नयाँ अवसर भएको बताएका छन् ।

    भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितमा नेपाल–भारत द्विपक्षी बैठक सुरु हुनुअघि उनले समामाजिक सञ्जाल ट्वीटर मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

    ‘हाम्रा दुई देशबीचको मित्रता र सहयोगको विशेष सम्बन्धलाई प्रगाढ बनाउने नयाँ अवसर,’हैदरावाद हाउसमा देउवा र मोदी भेटघाट गरेको तस्विर सेयर गर्दै उनले लेखेका छन् ।

    भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री देउवा शुक्रबार नयाँदिल्ली पुगेका हुन् । उनको आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ