• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    देउवा दिल्ली पुगेकै दिन मोदीलाई कसले दियो सिध्याइदिने धम्की ?

    516
    SHARES


    काठमाडौं । यतिबेला नेपालका प्रधानमन्त्री शेर बहादुर देउवा दक्षिणी छिमेक भारतको भ्रमणमा रहेका छन् । देउवा दिल्ली पुगेकी दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबारे सार्वजनिक भएको एउटा खबरले भारतमा हल्लीखल्ली मच्चाएको हो ।

    भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) को मुम्बई एकाइमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीलाई हत्या गर्ने धम्की दिँदै इमेल पठाइएको छ। यस्तो मेलपछि एनआईएको राष्ट्रिय एकाइले अनुसन्धान सुरु गरेको छ।

    इमेल गर्नेले यो षड्यन्त्र पर्दाफास नहोस् भनेर आ’त्मह’त्या गरिरहेको बताएको छ। उनले मेलमा आफू र आफ्ना जनता प्रधानमन्त्री मोदीलाई मार्न तयार रहेको लेखेका छन्। तिनीहरूसँग २० किलो आरडीएक्स र २० स्लिपर सेल छन्।

    त्यस्तै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने नयाँ अवसर भएको बताएका छन् ।

    भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितमा नेपाल–भारत द्विपक्षी बैठक सुरु हुनुअघि उनले समामाजिक सञ्जाल ट्वीटर मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

    ‘हाम्रा दुई देशबीचको मित्रता र सहयोगको विशेष सम्बन्धलाई प्रगाढ बनाउने नयाँ अवसर,’हैदरावाद हाउसमा देउवा र मोदी भेटघाट गरेको तस्विर सेयर गर्दै उनले लेखेका छन् ।

    भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री देउवा शुक्रबार नयाँदिल्ली पुगेका हुन् । उनको आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ