• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    रुसी सेनाको ६४ किलोमिटर लामो लश्कर कहाँ गयो ? ३० युक्रेनी सेनाले यसरी फिल्मी शैलीमा ध्वस्त पारे

    0.9K
    SHARES


    काठमाडौँ । रुसले युक्रेनमा आक्रमण सुरु गरेको केही दिनपछि रुसी सेनाका ट्यांकहरु र बख्तरबन्द गाडीहरुको करिब ६४ किलोमिटर लामो लश्कर किभतर्फ बढ्दै गरेको स्याटेलाइट तस्वीरमा देखिएको थियो ।

    रुसले यो लश्करले युक्रेनको राजधानी किभलाई घेरा हाल्ने योजना बनाएको अनुमान गरिएको थियो । तर, अहिलेसम्म यो लश्कर किभ पुगेको छेन । आखिर यो लश्कर कहाँ हरायो ?

    युक्रेनी सेनाको एक विशेष युनिटले किभतर्फ बढिरहेको रुसी सेनाको ६४ किलोमिटर लामो लश्करलाई ध्वस्त पारिदिएको बताएको छ । द गार्डियनमा प्रकाशित एक रिपोर्टका अनुसार युक्रेनी सेनाको यो विशेष युनिटका केवल ३० जना सैनिकहरुले ड्रोनको सहयोगमा रुसी सेनाको यो लामो लश्कर ध्वस्त पारिदिएका हुन् । उनीहरुले यो लश्करमाथि एकपछि अर्को गर्दै कैयौं आक्रमण गरेका थिए ।

    आक्रमणको एक हप्तापछि रुसले बख्तरबन्द वाहन र ट्यांकको ६४ किलोमिटर लामो लश्करबाट राजधानी किभको घेराबन्दी गर्ने तयारी गरेको थियो । तर, यो लश्कर अगाडि बढ्न सकेन । यस्तो किन भयो ? यसको खुलासा युक्रेनको एयरफोर्ससँग जोडिएको युनिट एयरो रोज्भिड्काका कमाण्डर लेफ्टिनेन्ट कर्नेल यारोस्लाभ हंकरले अहिले गरेका छन् ।

    हंकरका अनुसार यसको पछाडि ३० जना आइटी विशेषज्ञ र बाइकर फोर्सको ठूलो भूमिका रह्यो जसले यो लश्करलाई तितर बितर मात्रै पारेनन्, खाद्यान्न र हतियारको अभावमा पंगुजस्तै बनाइदिए । हंकरका अनुसार रुसी सेना इभान्किभ सहरनजिकै बसेको थियो । ड्रोनले सुसज्जित क्वाड बाइक सवार युक्रेनी सैनिकले यी रुसी सैनिकमाथि जंगलको बाटोबाट गोरिल्ला युद्धजस्तै गरी रातमा आक्रमण गरे ।

    यी युक्रेनी सैनिकहरुसँग नाइटभिजन चश्मा, स्नाइपर राइफल, थर्मल इमेजिङ क्यामेरा जडित ड्रोन सकेत थिए । यो सानो युनिटले पहिलो रात लश्करका ३ वाहन ध्वस्त पार्यो । युनिटले ३–४ दिनसम्ममा ठूलो संख्यामा वाहन क्षतिग्रस्त पारिदिए । यो सबै केवल ३० जना सैनिकले गरेका थिए ।

    यो युनिटका प्रथम प्रमुख भोलोदिमिर कोचेट्कोभ सुकच थिए जो इन्भेस्टमेन्ट बैंकर थिए । उनी २०१५ मा डोनाबासमा मारिएका थिए । अहिलेका प्रमुख हंकर पहिले सैनिक थिए । पछि उनी आइटी मार्केटिङ कन्सल्टेन्ट बने । रुसको पहिलो आक्रमणपछि उनी सेनामा फर्किएका हुन् ।

    त्यस्तै युक्रेनको सैनिक मुख्यालयमा रुसी सेनाले मिसाइल हमला गरेको छ । युक्रेनले रुसको बेल्गोरोदस्थित डिपोमा हमला गरेसँगै रुसी सैनिकले युक्रेनमा हमलालाई तेज बनाएको छ । रुसको यो शहर युक्रेन सीमाबाट ३० किलोमिटर नजिक छ ।

    रुसी सेनाले युक्रेनको राजधानी किएभमा रहेको कमाण्ड फोर्सको अखडामा शक्तिशाही क्रुज मिसाइलबाट हमला गरेको हो । रुसी रक्षा मन्त्रालयले हमलामा परी युक्रेनका ४० सैनिकको ज्यान गएको दाबी गरेको छ । उक्त स्थानमा युक्रेनी कमाण्ड फोर्सका कमाण्डरले रुसविरुद्ध योजना बनाइरहेका थिए ।

    किएभमा रहेका भारतीय पत्रकार गौरव सावंतका अनुसार रुस र युक्रेनबीच वार्ता वा कुटनीतिक रुपमा शान्ति कायम गर्न नसके किएभ लगायतका क्षेत्रमा अबको केही हप्तामा भिषण हमला हुनेछ । वार्तापछि रुसले हमला घटाउँदै केही क्षेत्रबाट पछि हटेपनि युक्रेनले हमला जारी राखेको छ ।

    युद्धलाई झनै चर्काउन युक्रेनले रुसी तेल डिपोमा हमला गरेको छ । यसले बार्ताको माध्यमबाट शान्ति कायम गर्न चाहेपनि यो युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नेटोसँग थप हतियार मागेका छन् । जेलेन्स्कीको यो भनाईसँगै रुसले खार्किवमा पनि हमला गरेको छ । ग्यास लाइनमा आगो लागेको छ ।

    युक्रेनको पछिल्लो कदम उसैको लागि घातक हुने भारतीय सैन्य विज्ञहरुको विश्लेषण छ । उनीहरुले राष्ट्रपति जेलेन्स्की युद्ध छोड्याउने वा शान्ति कायम गरेर देश र जनतालाई जोगाउने भन पनि पश्चिमा देशहरुको स्वार्थमा काम गरिरहेको रक्षा विज्ञहरु बताउँछन ।

    वार्तापछि पत्रकार राजेश पावरका अनुसार रुसीले सेना मरियोपोल लगायतका क्षेत्रमा हमला कम गरेको बेला रुसी भूमिमाथि युक्रेनको हमलाले झन् युद्ध चर्किन सक्ने बताउँछन् । उनले युक्रेनले रुसी भूमिमा हमला गरेन् भन्न पनि गारो हुन सक्ने बताए ।

    पत्रकार गिता मोहनका अनुसार मारियोपोलको ७० प्रतिशत भूभाग रुसी सैनिकको नियन्त्रणमा रहेको बताउँछिन् । उनले युक्रेनी सैनिकको घेरा साँधुरो हुँदै गएको छ । तर, रुसी हमलाको हमलाको सापना गरिरहेका छन् ।

    यसैबीच रुसी विदेशमन्त्री विदेशमन्त्रीको भारत भ्रमण परिणामुखी हुने अपेक्षा गरिउको छ । नेपाल युक्रेनको पक्षमा उभिएपनि अहिलेसम्म भारत कुनै पक्षमा खुलेको छैन ।

    भारतले रुससँगको लामो सैन्य र राजनीतिक सम्बन्ध तोड्न नसक्ने भारतीय रक्षा विज्ञहरुको भनाई छ । यसैबीच चीनले युक्रेन यु’द्धको मुख्य दोषी नेटो रहेको बताएको छ । चिनियाँ अधिकारीहरुले नेटोले युक्रेनका राष्ट्रपतिलाई उक्साई रहेको दाबी गरेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ