• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    देउवा भारतमा रहेका बेला काठमाडौँमा नाकाबन्दीको झल्को

    667
    SHARES


    काठमाडौँ । यतिबेला प्रधानमन्त्री शेर बहादुर देउबा भारत भ्रमणमा छन् । देउवा भारतमै रहेका बेला भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची नेपाल आएको छ ।

    उक्त नयाँ मूल्य सूची नेपाल आएसंगै काठमाडौँमा २०७२ को भारतीय नाकाबन्दीको झल्को दिने गरी पेट्रोलपम्पहरुमा लामो लाइन देखिएको छ।  शनिबार बिहान काठमाडौंका पेट्रोलपम्पहरुमा लामो लाइन देखिएको छ।

    आगामी दिनमा पेट्रोल अभाव हुन सक्ने भन्दै मोटरसाइकल तथा साना सवारी चालकहरू पेट्रोल पम्पमा लाइन लाग्न थालेका हुन्। यसले पेट्रोलको हाहाकार हुने संकेत गरेको छ ।

    नेपाल आयल निगमसँग विभिन्न माग राख्दै व्यवसायीहरूले पेट्रोलियम पदार्थको ढुवानी देशभर ठप्प बनाएपछि थप अभाव भएको हो। अहिले नेपाली सेना, पुलिस र सशस्त्रको पम्पहरूमा सवारीको बाक्लो लाइन छ।

    इन्डियन आयल कर्पोरेसनले शुक्रबार नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलको मूल्य घटे पनि एलपी ग्यास, डिजेल, मट्टितेललगायतको मूल्य ह्वात्तै बढेको छ।

    ग्यास मट्टितेलमा भएको मूल्यवृद्धिका कारण निगमको घाटा पनि चुलिएको छ। निगमद्वारा जारी विज्ञप्ति अनुसार पछिल्लो मूल्य सूची अनुसार एक महिनामै १० अर्ब रुपैयाँ घाटा हुने छ । निगमले आगामी दिनमा पेट्रोलियम आपूर्ति व्यवस्था सहज बनाइराख्न अत्यन्त कठिन हुने जनाएको छ ।

    खासमा नेपाल आयाल निगमले यसअघि डिलरहरूले खाइपाई आएको कमिसन कटौति गरेपछि आन्दोलित भएका ग्याँस डिलरहरूले पूर्ववत् अवस्थामा कमिसनको व्यवस्था नभए अनिश्चितकालका लागि पेट्रोलियम पदार्थको बिक्री वितरण रोक्ने चेतावनी दिएका हुन् ।

    पछिल्लो समय लगातारको मूल्यवृद्धिका कारण निगमले पेट्रोलियम पदार्थमा दिँदै आएको कमिसन फागुन १९ गतेदेखि कटौती गरेको छ । पेट्रोलियम पदार्थ ढुवानी ठप्प पारेसँगै काठमाडौँका धेरै पेट्रोल पम्पहरू बन्द छन् भने खुलेका पम्पहरुमा शुक्रबार साँझदेखि लाइन देखिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ