• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    देउवा र मोदीबीच आधा घण्टा वान–टू–वान वार्ता, के बिषयमा भयो कुराकानी ?

    274
    SHARES


    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक भ्रमणमा रहेका छन् । प्रधानमन्त्री देउवा शुक्रबार भारतको राजधानी नयाँ दिल्ली पुगेका हुन् ।

    भ्रमणको दोस्रो दिन आज प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र दामोदर मोदीलाई भेट्ने कार्यतालिका रहेको छ । त्यसअघि बिहान १०ः२५ बजे राजघाट जाने र १०ः४० बजे महात्मा गान्धीको समाधि स्थलमा फूलामाला अर्पण गर्ने तथा एक मिनेट मौनधारण गर्ने कार्यतालिका तय गरिएको छ ।

    त्यसपछि १०ः५५ बजे देउवासहितको टोली हैदराबाद हाउसका लागि प्रस्थान गर्नेछन् । ११ः१० मा हैदराबाद हाउस पुगेपछि ११ः१५ देखि ११ः४५ बजे प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच वान टू वान वार्ता हुनेछ ।

    ११ः४५ देखि १२ः१५ सम्म दुई देशका प्रतिनिधिमण्डलबीच वार्ता हुनेछ भने १२ः१५ देखि १२ः३० बजेसम्म विभिन्न सम्झौतामा हस्ताक्षर हुनेछ । सम्झौतामा हस्ताक्षर गरेपछि प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवाको सम्मानमा दिवा भोजको आयोजना गर्नेछन् ।

    दिउँसो १ः३० बजेदेखि १ः३५ बजेसम्म प्रधानमन्त्री देउवाले आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । त्यहाँबाट होटल फर्केर साँझ ५ः३० बजे भारतीय व्यवसायीहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्री देउवाले भाग लिने कार्यतालिका तय गरिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ