विराटनगर । विराटनगरस्थित नाेवेल अस्पतालमा कार्यरत चिकित्सक विजय यादव शनिबार बिहान मृत अवस्थामा फेला परेका छन्।
सप्तरीकाे राजविराज घर भएका र तीन वर्षयता नोवेलको अर्थोपेडिक विभागमा कार्यरत मेडिकल अफिसर यादव बिहान मृत भेटिएका हुन्।
उनी विगत ४ वर्षदेखि विराटनगर–४ स्थित प्रेम बस्नेतको घरमा कोठा भाडामा लिएर डेरा बस्दै आएका थिए। नाक तथा मुखबाट रगत बगिरहेको अवस्थामा डेरा बसेको घरको कम्पाउन्डमै डा. यादवको शव फेला परेको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।
२८ वर्षका डा. यादव बंगलादेशबाट एमबिबिएस गरेर फर्केपछि नोवेलमा कार्यरत थिए। घटनास्थलमा माेरङ प्रहरीको टाेली पुगेको छ।
मृतकका आफन्तले डाक्टरकाे ह’त्या भएकाे भान्दै घटनामा संलग्नलाई कारबाही गरिनुपर्ने मागसहित नाराबाजी सुरु गरेका छन्। यस्तै यता चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि लिने प्रवेश परीक्षामा नक्कली प्रशिक्षार्थी भेटिएका छन् ।
काठमाडौं र भक्तपुरको परीक्षा क्षेत्रबाट प्रहरीले पाँचजनालाई पक्राउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरले बताए ।
पक्राउ पर्ने मध्ये चारजना नक्कली परीक्षार्थी हुन् भने एकजना परीक्षार्थी नै हुन् । उनले अर्का व्यक्तिलाई परीक्षा दिन लगाएका थिए । यद्यपि, अहिले फरार छन् । एसएसपी कुँवरका अनुसार घटनामा थप अनुसन्धान जारी छ ।
प्रतिक्रिया