• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    धावनमार्गमा गुडिसकेको नेपाल एयरलाइन्सको जहाज जब अकस्मात रोकियो….

    649
    SHARES


    काठमाडौं । नेपाल एयरलाइन्स (नेपाल वायु सेवा निगम) को न्यारोबडी जहाज ए३२० ९एन-एकेडब्यू जहाजले थाइल्याण्डको बैंककबाट काठमाडौंका लागि उड्नै लाग्दा प्राविधिक कारणले टेक अफ रद्द गरेको छ ।

    धावनमार्गमा गुडिसकेको निगमको जहाजमा प्राविधिक समस्या हुनसक्ने देखिएपछि चालक दलले नउडाउने निर्णय गर्दै विमान अकस्मात रोकेका थिए ।

    एक्कासी ‘टेकअफ’ रद्द गर्दा जहाजको पछाडिका दुईवटा पांग्रा पन्चर भएका छन् । यसकारण जहाज गाउन्डेड भएको छ । जहाज चेकजाँच पछि शनिबार फर्किने स्रोतले जनाएको छ ।

    थाइल्याण्डको ‘पाइलट नोट बुक’नामक फेसबुक पेजले सो जहाज अहिले पार्किङ क्षेत्रमा फर्काइएको र यात्रुलाई सुरक्षित रुपमा झारिएको तस्वीरसहित पोष्ट गरेको छ ।

    सो पेजले टेकअफ रद्द गर्नुको कारण भने नखुलेको जनाएको छ । जहाजमा कति यात्रु थिए भन्ने खुलेको छैन । नेपाल एयरलाइन्सले पनि यसबारे औपचारिक जानकारी गराएको छैन ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ