• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    युक्रेनले घुसेरै आक्रमण गरेपछि रुस फायर

    1.3K
    SHARES


    काठमाडौंमा। रुसले युक्रेनमा आक्रमण गरेको दोस्रो महिनामा प्रवेश गरेको छ। यसबीचमा पहिलोपटक युक्रेनी सेनाले रुसी भूमिमा घुसेर आक्रमण गरेको छ। युक्रेनी हेलिकप्टरले रुसको पश्चिमी शहर बेलगोरोडमा रहेको इन्धन भण्डारण केन्द्रमा आक्रमण गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

    त्यहाँका गभर्नर व्याचेस्लाभ ग्लाडकोभले आफ्नो टेलिग्राम च्यानलमा लेखेका छन्,‘युक्रेनी सेनाका दुई हेलिकप्टरले कम उचाइमा रुसी भूभागमा प्रवेश गरेको हवाई हमलाका कारण पेट्रोल डिपोमा आगो लागेको थियो।’

    युक्रेनी सेनाले रुसमा घुसेर आक्रमण गरेको यो पहिलोपटक हो। आफ्नो भूमिमा रुसले आक्रमण गरेपछि बाध्य भएर युक्रेनले पनि रुसी भूमिमा आक्रमण गरेको विश्लेषण भइरहेको छ।

    यो घटनाको भिडिओ र तस्बिरहरु सार्वजनिक भएका छन्। आक्रमणपछि रुसी तेल डिपो ध्वस्त भएको बताइएको छ।

    रुस यसो भन्छ…
    युक्रेनी सेनलो रुसी क्षेत्रमै पुगेर आक्रमण गरेपछि रुस रुष्ट बनेको छ। रोयटर्सका अनुसार रुसी राष्ट्रपति भ्लादमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले युक्रेनी आक्रमणले हाल जारी शान्तिवार्तामा असर पुग्नसक्छ।

    लगातार रुपमा रुस र युक्रेनका अधिकारीहरुबीच युद्ध रोक्ने विषयमा छलफल चलिरहेको छ। पछिल्लोपटक रुसले युक्रेनको राजधानी लगायतका क्षेत्रमा आक्रमण कम गर्ने सहमति गरेको थियो। शुक्रबार पनि शान्तिवार्ता हुँदैछ। रुसका अनुसार युक्रेनले रुसमा आक्रमण गरेको खण्डमा शान्तिवार्ता सफल हुनेछैन।

    त्यस्तै युक्रेन र रुसले अनलाइन ढाँचामा शान्ति वार्ता पुनः शुरु गर्न लागेको युक्रेनी प्रतिनिधिमण्डलका सदस्य डेभिड अरखामियालाई उद्धृत गर्दै युक्रेनफर्म समाचार एजेन्सीले बताएको ।

    वार्ताको क्रममा युक्रेनी र रुसी प्रतिनिधिमण्डलहरूले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीचको बैठकको लागि आवश्यक सम्झौता गर्न प्रयासहरू तीव्र पार्ने पनि अरखामियाले टेलिग्राममा गल्लेख गरेका छन्।

    ‘हामी आशा गर्छौं राष्ट्रपतिहरूले अर्को भेट गर्नेछन्,‘अरखामियाले भने,‘युक्रेनी पक्षले रुस वा बेलारुस बाहेक अन्यत्र बैठक बस्न जोड दिदै आएको छ।’

    तास समाचार एजेन्सीका अनुसार क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बिहीबार भनेका छन्,‘भोलि ९शान्ति वार्ता० पुनस् शुरु गर्ने बारे छलफल भएको छ यदि यो भयो भने हामी तपाईंलाई सूचित गर्नेछौं।’

    पुटिन र जेलेन्स्कीबीचको सम्भावित भेटको कुनै स्पष्ट समयावधि छैन स्पष्ट पारिएको छैन। उनले भनेका छन्,‘ ‘सम्झौताको पाठमा कामलाई अन्तिम रूप दिन, उच्चपदस्थ अधिकारीले यस पाठको स्वीकृति र प्रारम्भ गर्नुअघि उच्च तहको बैठक बोलाउनुपर्छ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ