• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    चुनावको मुखैमा देउवालाई ठुलो झट्का

    876
    SHARES


    काठमाडौँ । एआईजीमा तीन जना डीआईजीहरू बढुवा भएपछि त्यसविरुद्ध दुई जना डीआईजीहरू सर्वोच्च अदालत पुगेका छन् ।

    डीआईजीहरू घनश्याम अर्याल र प्रकाशजंग कार्की रिट निवेदन बोकेर बिहीबार सर्वोच्च अदालत पुगेका हुन् । यद्यपि रिट दर्ताको प्रक्रियामा रहेको सर्वोच्च प्रशासनले जनाएको छ ।

    मन्त्रिपरिषद्को बिहीबार नै बसेको बैठकले धीरजप्रताप सिंह, वसन्त पन्त र रबिन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

    यसअघि बढुवा सिफारिस विरुद्ध ३ जना डीआईजीहरूले उजुरी गरेका थिए । तर, लोकसेवा आयोगको बढुवा उपरको उजुरी सुन्ने समितिले बढुवा सिफारिस सदर गरेको थियो ।

    बढुवा सिफारिसमा असन्तुष्टि जनाउँदै प्रतिस्पर्धी डीआइजीहरु अर्याल, ईश्वरबावु कार्कीसँगै प्रकाशजंग कार्कीले पनि लोकसेवा आयोगमा उजुरी गरेका थिए ।

    बढुवा विरुद्ध उजुरी गर्ने डीआइजीहरु प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याचमेट हुन् । उनीहरु आईजीपी क्षेत्रीसँगै २०७९ वैशाख १९ मा अवकाशमा जाँदैछन् ।

    चैत १ मा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले तीन जनालाई एआईजीमा बढुवा सिफारिस गरेको थियो ।

    यस्तै भारत भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय जनता पार्टी(भाजपा)को मुख्यालयको भ्रमण तथा नेताहरुसँग अन्तरक्रिया गर्ने भएका छन् । सत्तारुढ भाजपाले दिल्लीस्थित पार्टी केन्द्रीय कार्यालयमा देउवाको स्वागत तथा सम्मानको तयारी गरेको छ ।

    देउवा दोस्रो पार्टी सभापतिमा निर्वाचित भएपछि भाजपाले उनी र कांग्रेस पार्टीसँग सम्बन्ध विस्तारको प्रयास गरेको छ । प्रधानमन्त्री दिल्ली आएकै दिन साँझ भाजपाका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ । अप्रिल १ मा अपरान्ह ३ बजेतिर दिल्लीमा अवतरण गरेपछि देउवा चाणक्यपुरीस्थित होटल आईटीसी मौर्यमा पुग्ने छन् ।

    त्यहाँ भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र विदेशमन्त्री एस. जयशंकरसँगको भेटवार्तापछि देउवा दीनदयाल उपाध्यायमार्गस्थित भाजपाको मुख्यालय पुग्नेछन् । त्यहाँ भाजपाका राष्ट्रिय अध्यक्ष जेपीनड्डासहितका वरिष्ठ नेताहरूले देउवाको स्वागत गर्ने कार्यक्रम छ । पार्टी तहमा दुई जना अध्यक्षबीचको पहिलो बैठक हुनेछ ।

    त्यहाँ पार्टीका विदेश विभागका पदाधिकारी र केही मन्त्रीसमेत उपस्थित रहने जनाइएको छ । प्रधानमन्त्री देउवासँगै परराष्ट्रमन्त्री नारायण खड्का, ऊर्जामन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा र कृषिमन्त्री महेन्द्रराय यादव पनि भ्रमण टोलीमा सहभागी हुनेछन् ।

    परम्परागत रूपमा नेपाली कांग्रेसको सम्बन्ध भारतमा कांग्रेस आईसँग रहँदै आएको थियो । पछिल्लो पटक कांग्रेस र भाजपा दुवैले पार्टी तहमा सम्बन्ध विकासमा जोड दिएका छन् । गत भदौमा कांग्रेसको निम्तोमा भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले काठमाडौं पुगेका थिए ।

    त्यसपछि भाजपाको निम्तोमा कांग्रेसका अन्तर्राष्ट्रिय विभाग प्रमुख प्रकाशशरण महतको नेतृत्वमा कांग्रेस नेताहरु दिल्ली आएका थिए । भाजपा मुख्यालयपछि देउवा दिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सामेल हुनेछन् । दूतावासले दिल्लीमा रहेका नेपाली समुदायका प्रतिनिधिहरूलाई पनि उक्त कार्यक्रममा बोलाएको छ ।

    दोस्रो दिन अप्रिल २ मा बिहान साढे १० मा देउवा राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गर्न जाने कार्यक्रम छ । त्यसपछि औपचारिक समारोह र कार्यक्रमका लागि प्रधानमन्त्री देउवा हैदराबाद हाउस पुग्नेछन् । त्यहाँ भारतीय समकक्षी नरेन्द्र मोदीसँगको छुट्टै भेटघाट र प्रतिनिधिमण्डल तहमा दुईपक्षीय वार्ता हुनेछ ।

    लञ्चपछि संयक्त वक्तव्य जारी गर्दै त्यहाँको कार्यक्रम सकिनेछ । साँझ होटलमा भारतीय उद्योगी व्यवसायीसँग अन्तरक्रियामा प्रधानमन्त्री सहभागी हुनेछन् । भ्रमणको तेस्रो दिन प्रधानमन्त्रीसहितको टोली बिहानै बनारसका लागि प्रस्थान गर्नेछ ।

    प्रधानमन्त्री देउवालाई भारत सरकारले विशेष विमानबाट बनारस लाने–ल्याउने गर्नेछ । त्यही दिन प्रधानमन्त्री देउवा दिल्लीबाट अपरान्ह नेपाल एयरलाइन्सको नियमित विमानबाट प्रधानमन्त्री काठमाडौं फर्किनेछन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ