• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    नेपालले पपुवा न्युगिनीलाई यसरी हरायो, सानदार जितपछि खेलाडीमा फर्कियो खुसी

    655
    SHARES


    नेपाली राष्ट्रिय क्रिकेट टोली घरेलु मैदानमा चलिरहेको त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा पपुवान्युगिनी (पीएनजी) लाई ३७ रनले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।त्रिवि क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको २०४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १६६ रन बनाउन सक्यो ।

    पीएनजीका लागि कार्लेश अमिनले ६२ रनको अर्धशतकीय पारी खेले । ४७ बल खेलेका उनले ९ चौका प्रहार गरे । त्यस्तै टोनी उराले ४३ रन बनाउँदा सेसे बाउटले २५ रनको योगदान गरे । बलिङतर्फ नेपालका लागि करण केसीले सर्वाधिक पाँच विकेट लिए । त्यस्तै सोमपाल कामी र अविनास बोहराले दुई–दुई विकेट लिए ।

    त्यस्तै कप्तान सन्दीप लामिछानेले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० मा ७ विकेट गुमाउँदै २०३ रन बनाएको थियो । नेपालका लागि दिपेन्द्रले ६६ रनको अर्धशतकीय पारी खेले । ३३ बल खेलेका उनले ३ चौका र ४ छक्का प्रहार गरे ।

    दीपेन्द्रलाई नोसाइना पोकानले १९ ओभरको अन्तिम बलमा क्याच आउट गराएका थिए । त्यस्तै आदिल अन्सारीले ३१ रनको योगदान गरे । उनले ११ बलमा १ चौका र ३ छक्का प्रहार गरे । आदिललाई कबुवा मोरेआले एलबीडब्लू आउट गराए ।

    यसै ओभरमा मोरेआले करण केसी र दिलीप नाथलाई क्याच आउट गराएका थिए । नेपालले सातौं ओभरको दोस्रो बलमा नेपालले आफ्नो पहिलो विकेट गुमायो । नेपालका कुशल भुर्तेललाई पीएनजीका रिले हेकुरेले १७ रनमा क्याच आउट गराए ।

    नेपाले दसौँ ओभरको चौथो बलमा आफ्नो दोस्रो विकेट गुमायो । नेपालका आसिफ शेखलाई नोरमान भानुवाले ३८ रनमा क्याच आउट गराए । १५ औं ओभरको दोस्रो बलमा नेपालले आफ्नो तेस्रो विकेट गुमायो । नेपालका रोहित कुमार पौड्याललाई रिले हेकुरेले ४१ रनमा क्याच आउट गराए ।

    आजको खेलमा नेपाली टोलीमा आदिल आलमले डेब्यू गरेका छन् । उनी कुशल मल्लको स्थानमा आएका हुन् । आजको खेलमा जित निकाल्दै नेपाललाई एक खेल अगावै फाइनलमा स्थान बनाउने मौका छ । सिरिजको पहिलो खेलमा पीएनजीलाई १५ रनले हराएको नेपालले दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो । जितसँगै नेपालले ३ खेलबाट ६ अंक जोडेर फाइनलमा स्थान बनायो । दोस्रो स्थानमा रहेको मलेसियाको २ अंक छ । पीएनजी अंक बिहिन छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ