• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    सकियो सत्ता गठबन्धनको बैठक, चुनावमा तालमेल गर्नेबारे भयो यस्तो निर्णय

    648
    SHARES


    काठमाडौं । सत्तारुढ दलहरुले स्थानीय तह चुनावमा एकतावद्ध भएर जाने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले चुनावमा मिलेर जाने सहमति गरेको हो ।

    बैठकले महानगरपालिकाको उम्मेद्वारीबारे निर्णय केन्द्रबाटै गर्ने र अन्यका लागि निर्णय गर्न अधिकार तल्ला तहमा दिने निर्णय पनि बैठकले गरेको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिए ।

    चुनावी तालमेलका बाँकी प्रक्रियाका विषयमा पुनः छलफल गरेर अगाडि बढ्ने सहमति भएको उनले बताए । यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा गठबन्धन एकतावद्ध भएर बढ्ने स्पष्ट परेका छन् ।

    रिपोर्टर्स क्लब नेपालको २४ औँ वार्षिकोत्सवमा राजधानीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै गठबन्धन एकतावद्ध भएर बढ्ने स्पष्ट पारेका हुन् ।

    गठबन्धनमा रहेको सबै दलको सहयोगमा आफू प्रधानमन्त्री भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले चुनावमा पनि एकतावद्ध भएर अगाडि बढ्ने धारणा राखे। आफूहरु सबै अप्ठ्याराहरुलाई छिचोल्दै अगाडि बढेको र भविष्यमा पनि समस्याको समाधान गरेर बढ्ने उनको भनाइ छ ।

    त्यस्तै उनले चुनावलाई स्वतन्त्र र भयरहित बनाउन आफू गम्भीर भएर लागेको बताए। देउवाले मिडियाका मिथ्या र भ्रामक समाचारहरुप्रति गम्भीर हुनुपर्ने उल्लेख गरे ।

    त्यस्तै, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी तीनै तहको निर्वाचनमा गठबन्धन हुने बताए। गठबन्धन आवश्यकताले जन्मिएको भन्दै यो निर्वाचनसम्म कायम रहने उनको भनाइ छ ।

    प्रचण्डले मुलुकको संकटमोचनको लागि आफ्नो पार्टीले जहिलेपनि महत्वपूर्ण भूमिका खेलेको दाबी गरे । कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको सफलताको कामना गरे।

    खनालले मुलुक अब स्थानीय निकायको निर्वाचनमा प्रवेश गर्न लागेको उल्लेख गर्दै संविधानको कार्यान्वयनको लागि सबैले आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा पनि जोड दिए ।

    कार्यक्रममा सरोकार टेलिभिजनका सम्पादक रवि प्याकुरेललाई रिपोटर्स क्लव पत्रकारिता पुरस्कार, हिमालयन टेलिभ्वाईस न्युज एजेन्सीका क्यामराम्यान सुप्रीम बखुञ्चेलाई क्रियाशिल युवा पत्रकारिता पुरस्कार तथा अन्य पत्रकारलाई सम्मान गरिएको थियो भने डिस होमका प्रबन्ध निर्देशक सुदीप आचार्यलाई बिशेष सम्मान गरिएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ