• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बागमती समाचार

    काठमाडौंमा घट्यो यस्तो घटना, प्रहरीले थाल्यो अनुसन्धान

    639
    SHARES


    काठमाडौं । काठमाडौंको सेतो पुल नजिकै सालनालसहितको नवजात शिशु फेला परेको छ । सेतो पुल नजिकैको फोहोर फाल्ने ठाउँमा सालनालसहितको मृत शिशु फेला परेको प्रहरीले जनाएको छ ।

    दिन पुगेर बच्चा जन्माएर त्यहाँ फालिएको अवस्थामा प्रहरीले मृत शिशुलाई फेला पारेको हो । अहिले महानगरीय प्रहरी बृत्त कमलपोखरीबाट प्रहरी नायव उपरीक्षक (डिएसपी) मिनबहादुर कुँवर क्षेत्री घटनास्थलमा छन् ।

    बिहीबार बिहान १०ः५५ बजेको समयमा फोहोर फाल्ने ठाउँमा बच्चा रहेको जानकारी आएपछि प्रहरी खटिएको थियो । अवैध रूपमा गर्भधारण गरेकी महिलाले जन्माएर शिशुलाई त्यहाँ फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी क्षेत्रीले बताए । उता जनकपुरधाम उपमहानगरपालिकामा बसको ठक्करले एक जना मोटरसाइकल चालकको ज्यान गएको छ । मृत्यु हुनेमा क्षिरेश्वरनाथ नगरपालिका १ बस्ने ३५ बर्षीय मनोज लामिछाने रहेको प्रहरीले जनाएको छ ।

    घरबाट बा. ८० च ९०९४ चढेर जनकपुरधामतर्फ आउँदै गरेका लामिछानेलाई विपरित दिशातर्फ जाँदै गरेको प्रदेश–२–०३ ००१ख ०५३२ नम्बरको बसले जनकपुरधाम १४ स्थित खाद्य संस्थानको अगाडि ठक्कर दिएको धनुषा प्रहरीका प्रवक्ता एवम् डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

    उनको घट्नास्थलमै मृत्यु भएको र शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको बस्नेतले बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ