काठमाडौं । चीनमा गत सोमबार दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न एयरलाइन्सको विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको पुष्टि शनिबार भएको छ ।
१२३ यात्रु र चालक दलका ९ सदस्य सवार चाइना इस्टर्न एयरलाइन्सको बोइङ–७३७ विमान कुन्मिङबाट गुआनझाओ जाने क्रममा दक्षिणी प्रान्तको पहाडी क्षेत्रमा सोमबार दुर्घटना भएको थियो ।
२० घण्टासम्म पनि कसैलाई जीवित फेला पार्न नसकेपछि सबैको मृत्यु भएको आशंका चिनियाँ अधिकारीहरुले गरेका थिए । तर चीनको राज्य सरकारले शनिबारमात्र सबैको मृत्यु भएको औपचारिक पुष्टि गरेको हो ।
कुनमिङबाट गोआन्झाउका लागि उडेको चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ विमान गत सोमबार दिउँसो २ः३८ बजे वुझाउ सहरको टेङ्कसियान काउन्टीको मोलाङ गाउँ नजिकैको पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो ।
दुर्घटनाको सूचना पाएलगत्तै उद्धारकार्यमा दुई हजारभन्दा बढी मानिसलाई उद्धार तथा खोजी कार्यमा खटाइएको थियो । बुधबार उक्त विमानको ब्ल्याक बक्स फेला परेको थियो ।
ब्ल्याक बक्समा विमानका सबै डाटा र पाइलटले गरेका कुराकानीको रेकर्ड रहने भएकाले दुर्घटनाको कारण पत्ता लाग्ने विश्वास गरिएको छ । यसैबीच रुसी विदेशमन्त्री सर्गेइ लाभरोभ दुई दिने भ्रमणका लागि आज भारत आउँदैछन् ।
२४ फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेपछि रुसको तर्फबाट भारतमा हुन लागेको यो उच्चस्तरको भ्रमण हो । रुस-युक्रेन द्वन्द्वमा भारत रुसको पक्षमा छ ।
भारतीय विदेश मन्त्रालयको वेबसाइटमा लेखिएअनुसार रुसी विदेशमन्त्रीले ३१ मार्चदेखि १ अप्रीलसम्म भारतको औपचारिक भ्रमण गर्नेछन् । रुसी विदेशमन्त्री लाभरोभको भ्रमणको क्रममा पेट्रोलियम पदार्थको आयात सस्तो मूल्यमा गर्ने विषयमा छलफल हुने अनुमान छ ।
भारतको सरकारी समाचार एजेन्सी पीटीआईले लाभरोभको भारत भ्रमणको क्रममा रुसबाट सहुलियतमा तेल खरिदको विषयमा केन्दि्रत रहेर छलफल हुने उल्लेख गरेको छ । साथै सैन्य सहयोगका विषयमा पनि छलफल हुने बताइएको छ ।
पछिल्लो समयमा विभिन्न देशका कुटनीतिज्ञहरुले भारतमा भ्रमण बाक्लो बनाएका छन् । हाल बेलायतका विदेशमन्त्री, अमेरिकाको अन्तर्राष्ट्रिय अर्थव्यवस्थाका उपराष्ट्रिय सुरक्षा सल्लाहकार र जर्मनीका सुरक्षा सल्लाहकार भारतमा छन् । केही दिनअघि मात्रै चिनियाँ विदेशमन्त्री वाङ यीले पनि भारतको भ्रमण गरेका थिए ।
प्रतिक्रिया