• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    युक्रेनसंग युद्द जारी रहेका बेला रुसी विदेशमन्त्री एकाएक किन आइपुगे भारत ? यस्तो छ तयारी

    788
    SHARES


    काठमाडौं । रुसी विदेशमन्त्री सर्गेइ लाभरोभ दुई दिने भ्रमणका लागि आज भारत आउँदैछन् । २४ फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेपछि रुसको तर्फबाट भारतमा हुन लागेको यो उच्चस्तरको भ्रमण हो । रुस-युक्रेन द्वन्द्वमा भारत रुसको पक्षमा छ ।

    भारतीय विदेश मन्त्रालयको वेबसाइटमा लेखिएअनुसार रुसी विदेशमन्त्रीले ३१ मार्चदेखि १ अप्रीलसम्म भारतको औपचारिक भ्रमण गर्नेछन् । रुसी विदेशमन्त्री लाभरोभको भ्रमणको क्रममा पेट्रोलियम पदार्थको आयात सस्तो मूल्यमा गर्ने विषयमा छलफल हुने अनुमान छ ।

    भारतको सरकारी समाचार एजेन्सी पीटीआईले लाभरोभको भारत भ्रमणको क्रममा रुसबाट सहुलियतमा तेल खरिदको विषयमा केन्दि्रत रहेर छलफल हुने उल्लेख गरेको छ । साथै सैन्य सहयोगका विषयमा पनि छलफल हुने बताइएको छ ।

    पछिल्लो समयमा विभिन्न देशका कुटनीतिज्ञहरुले भारतमा भ्रमण बाक्लो बनाएका छन् । हाल बेलायतका विदेशमन्त्री, अमेरिकाको अन्तर्राष्ट्रिय अर्थव्यवस्थाका उपराष्ट्रिय सुरक्षा सल्लाहकार र जर्मनीका सुरक्षा सल्लाहकार भारतमा छन् । केही दिनअघि मात्रै चिनियाँ विदेशमन्त्री वाङ यीले पनि भारतको भ्रमण गरेका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ