• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    देउवा र आरजु राणाको अर्को कर्तुत बाहिरियो, सुन्दा पनि अचम्म

    756
    SHARES


    काठमाडौँ – प्रथम महिना तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणालाई माननिय बनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले आइडिया लगाएका छन् ।

    देउवाले सत्तारुढ गठबन्धनका नेताहरुसँग प्रतिनिधिसभाको निर्वाचनसम्मै गठबन्धन गर्ने भए स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने अडान लिएका छन् । श्रीमती राणलाई जिताउन देउवाले यस्तो प्रस्ताव गरेका हुन् ।

    अघिल्लो चुनावमा काग्रेसका धेरै नेताले चुनाव हारेको , आफुलेसमेत बल्लतल्ल चुनाव जितेको, प्रचण्डले हार्ने चुनाव लड्दैनन्, काग्रेसले नबोक्ने हो भने एमालेसँग मिल्न सक्छन्, जस्ता तर्क गरेर देउवाले गठबन्धनको आवश्यकता बारे बोलीरहेका छन् ।

    अघिल्लो निर्वाचनमा कैलालीमा एमालेका उमेदवार नारदमुनी रानासँग नमज्जा सँग पराजित भएकी आरजुले यस पटक जसरी पनि गठबन्धनमै चुनाव गर्न आफ्ना श्रीमान देउवालाई दबाव दिने गरेको स्रोतको दाबी छ ।

    पछिल्लो समय देउवाका श्रीमान श्रीमतीको एउटै स्वर सुनिन थालेको छ । केहि दिन अघि मात्रै कैलाली पुगेर देउवा पत्नी आरजुले गठबन्धन नगर्ने हो भने एमालेसँग प्रतिष्पर्धा गर्न कठिन हुने भन्दै गठबन्धनमै निर्वाचन हुने र आफु फेरी पनि कैलालीबाटै प्रतिष्पर्धा गर्ने बताएकी थिइन् ।

    श्रीमतीको दबावमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरु चुनावी गठबन्धनको पक्षमा छन् भने गगन थापा, डा. शेखर कोइराला लगायतका नेताहरु गठबन्धन गर्न नहुने पक्षमा छन् ।

    गठबन्धन नगरे कांग्रेसको हालत खराब हुने बुझाई प्रधानमन्त्री देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतको छ भने गठबन्धन गर्दा कांग्रेसलाई दीर्घकालिन रुपमा घाटा हुने बुझाई गगन थापा र डा. शेखर कोइरालाहरुको छ ।

    गठबन्धन नगरी चुनावमा जाँदा एमाले र ओलीले खर्लप्पै पार्ने डरले देउवा र रामचन्द्र पौडेलहरुमा घर गरेको छ । अहिले सत्तामा रहेका सहयात्री दलहरु माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतसँग चुनावी गठबन्धन नगरे ती दलसँग उल्टै ओलीले गठबन्धन गर्ने देउवाको बुझाई छ ।

    अहिले गठबन्धन नगरी चुनावमा जाँदा कम्युनिष्ट शक्तिहरु फेरि मिल्न सक्ने र कम्युनिष्टहरु मिलेको खण्डमा कांग्रेसको हालत अघिल्लो संसदीय निर्वाचनको झैं हुने डर प्रधानमन्त्री सहितका केही नेताहरुमा छ ।

    अघिल्लो पटक चुनावमा पराजित भएका कांग्रेसका अधिकांश नेताहरु गठबन्धनका पक्षमा छन् । ता कि अन्य दलहरुको वैशाखी टेकेर भएपनि चुनाव जित्न सकियोस् र सांसद बन्न पाइयोस् । रामचन्द्र पौडेल अघिल्लो पटकको संसदीय निर्वाचनमा पराजित भएका नेता हुन् । गठबन्धन गरिएन भने यसपटक पनि चुनाव जितिँदैन भन्ने डर उनमा छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवालाई गठबन्धन नगर्दा व्यक्तिगत रुपमा आफूले डँडेल्धुराबाट चुनाव हार्छु भन्ने डर त नहोला तर, श्रीमति आरजु राणाको ठूलो चिन्ता छ । कैलालीबाट चुनाव लड्ने रहर गरेकी श्रीमति आरजु राणा फेरी पछारिने हुन् कि भन्ने चिन्ता प्रधानमन्त्री देउवामा देखिन्छ । श्रीमतिलाई जिताउँनका लागि नै भएपनि गठबन्धन गर्नपर्ने दबाबमा देउवा देखिन्छन् भने आफूले जित्नका लागि पनि गठबन्धन गर्नपर्ने लाइनमा वरिष्ठ नेता रामचन्द्र पौडेल देखिन्छन् ।

    गगन थापा र डा।शेखर कोइरालाहरु तुलनात्मक रुपमा आफू सुरक्षित रहेको महसुस गरिररहेका छन् । त्यहीभएर उनीहरु गठबन्धनका पक्षमा छैनन् । आफूहरुको अबस्था पनि रामचन्द्र पौडेल र आरजु राणाहरुको जस्तै भएको अनुभूति गगन थापा र शेखर कोइरालाहरुलाई हुन्थ्यो भने सम्भवतः उनीहरु पनि गठबन्धनकै पक्षमा देखिन्थे ।

    कांग्रेसका दुई महामन्त्री मध्ये गगन थापा गठबन्धनका विपक्षमा र विश्वप्रकाश शर्मा गठबन्धनका पक्षमा देखिनुलाई धेरैले नीजि स्वार्थका रुपमा लिएका छन् । संसदीय चुनावमा झापामा हारेका विश्वप्रकाश शर्मा गठबन्धन बेगर चुनाव लड्दा हारिने हो कि भन्ने डरमा छन् । कांग्रेसका माथिल्लो तहकै एक नेता भन्छन्, कांग्रेसका अधिकांश नेताहरुलाई भोलिको कांग्रेसको होइन अहिलेको आफ्नो अबस्थाको पिर छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ