• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सर्वोच्च अदालतको न्यायाधीशमा तीलप्रसाद श्रेष्ठको नाम अनुमोदन

    306
    SHARES


    काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीलप्रसाद श्रेष्ठको नाम अनुमोदन गरेको छ । मंगलबार सिंहदरवारमा बसेको समितिको बैठकले न्याय परिषदबाट प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीश श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

    योग्य, क्षमतावान र अनुभवी रहेको कुरा सुनुवाइको क्रममा पुष्टि भएपछि उहाँलाई सर्वोच्च अदालतको न्यायाधीश पदका लागि गरिएको सिफारिस सर्वसम्मतिले अनुमोदन गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

    बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै श्रेष्ठले सर्वोच्च अदालतमा जनताले ढुंगा हान्ने अवस्था आउन नदिने गरी आफूले काम गर्ने बताए । उनले न्याय सेवालाई छिटो, छरितो र पारदर्शी बनाउन आफू केन्द्रित हुने पनि बताए । श्रेष्ठलाई गत फागुन २७ गते बसेको न्यायपरिषद बैठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको थियो ।

    यस्तै सर्वोच्च अदालतमा पेसी तोक्नका लागि गोला प्रणालीको खारेजी हुनुपर्ने सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठले बताएका छन् । उनले सर्वोच्चमा गोला प्रणालीबाट पेसी तोक्दा ‘मन पोलेको’ बताए ।

    संसदीय सुनुवाइका क्रममा मंगलबार श्रेष्ठलाई गोला प्रणालीबारे सांसदले प्रश्न गरेका थिए । कांग्रेस सांसद पुष्पा भुसालले गोलाप्रणालीले मुद्दामाथि न्यायाधीशको विशेषज्ञतालाई रोक्छ कि भन्ने प्रश्न उठिरहेकाले त्यसमा तपाईंको धारणा के छ ? भनेर प्रश्न गरेकी थिइन् ।

    जवाफमा सर्वोच्च अदालतको न्यायाधीशमा न्याय परिषद्‌बाट सिफारिस श्रेष्ठले भने, ‘गोला प्रणालीबारे यस्तो माहोल बन्यो कि गोलाप्रणाली भएन भने जुडिसरी गयो भन्याजस्तो भयो । अब के गर्ने बाँच्नको लागि केही दुलोभित्र छिर्न पाइन्छ भने छिर्ने भन्ने हिसाबले ठीक हो । एक/दुई वर्षमा फेरि बारका साथीहरू र सेवाग्राहीले भन्नुहुनेछ कि गोलाप्रणाली खारेज गर्नुपर्छ । यो माग न्यायाधीशले होइन उहाँहरूबाट नै आउनेछ ।’

    सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोलाप्रणाली लागू भएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पेसी तोक्ने क्रममा अनियमितता गरेको भन्दै १९ न्यायाधीशले बेन्च बहिष्कार गरेका थिए भने बारले आन्दोलन गरेको थियो । त्यसपछि सर्वोच्चमा गोला प्रणालीबाट मुद्दाको पेसी तोकिँदै आएको छ ।

    गोला प्रणाली लागेको एक महिना हेरेको र त्यसको परिणामले आफ्नो मन पोलेको श्रेष्ठले संसदीय सुनुवाइ समितिमा भने । ‘न्याय परिवारको जिम्मेवार सदस्यको रूपमा मेरो मन धेरै पोल्यो । गोला प्रणाली लागू भएपछि मलाई धेरै पोल्यो,’ उनले भने । गोला प्रणालीबारे प्रधानन्यायाधीशसामु पाँच पेजको सुझाव प्रस्तुत गरेको तर त्यसको कार्यान्वयन नभएको पनि श्रेष्ठले बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ