• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    एमसीसीलाई लिएर चीनले देव गुरुङलाई यस्तो प्रश्न सोधेपछि……..

    637
    SHARES


    काठमाडौँ । चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणमा आएकै दिन नेकपा माओवादी केन्द्रका नेता देव गुरुङसहितका नेताहरू चीन भ्रमणमा गए । गुरुङसहितका माओवादी नेता चीनतर्फ गएको केही दिनअघि एमाले उपाध्यक्ष विष्णु पौडेलसहितका नेताहरू पनि चीन पुगिसकेका थिए ।

    एमाले र माओवादीका नेताहरू पालैपालो चीन गएपछि दुई पार्टीलाई मिलाउन चीनले बोलाएको त होइन भन्ने स्वाभाविक आशङ्काहरू उत्पन्न हुन पुगे । तर माओवादी नेता देव गुरुङ एमाले नेता र आफूहरूको चीन भ्रमण संयोग मात्रै भएको बताउँछन् ।

    यद्यपि नेपालका कम्युनिस्ट पार्टीहरूबीच एकता होस् भन्ने चिनियाँ पक्षसँगको औपचारिक अनौपचारिक संवादमा सदासयता देखिएको गुरुङको भनाइ छ । साथै एमसीसी अनुमोदनपछि पश्चिमा शक्तिबाट हुनसक्ने चलखेलका बारेमा समेत चिनियाँले गहिरो चासो प्रकट गरेको गुरुङको भनाइ छ ।

    एमसीसीबारे १२ बुँदे व्याख्यात्मक घोषणाले अमेरिकी हस्तक्षेप रोक्न सक्छ त ? भन्ने प्रश्न चिनियाँ पक्षले गुरुङलाई सोधेका थिए । ‘एमसीसी आइपीएसको पार्ट हो भन्ने कुरामा दुविधामा छैन । र यो स्ट्राटेजिक हो भन्ने पनि प्रस्ट नै छ । यद्यपि १२ बुँदे व्याख्यात्मक घोषणा पनि सँगसँगै जारी भएको छ । त्यो १२ बुँदे महत्त्वपूर्ण कडी त हो नै ।’ उनले भने- ‘तर पनि त्यो १२ बुँदेले अमेरिकी हस्तक्षेप रोक्न सक्छ त ? भन्ने चिनियाँ पक्षको चासो रह्यो र त्यो हस्तक्षेप कसरी रोक्न सकिन्छ भन्ने विषय चासो र केन्द्रित थियो ।’

    पछिल्लो समय नेपालमा एमसीसी संसद्बाट अनुमोदन भएपछि त्यसले पश्चिमाहरूको चलखेल झन् बढ्ने हो की भन्ने चिन्ता पनि देखिएको उनले बताए ।

    ‘पछिल्लो समय नेपालमा एमसीसी संसद्बाट अनुमोदन भएपछि त्यसले पश्चिमाहरूको चलखेल झन् बढ्ने हो की भन्ने चिन्ता पनि देखियो । एमसीसी अनुमोदनपछि यस क्षेत्रमा अशान्ति मच्चाउने र गडबड गर्ने समस्या हुनसक्छ जसलाई कसरी फेस गर्न सकिन्छ र दुई देशबीच सहमति सहकार्य गर्नुपर्नेमा अनौपचारिक हिसाबले कुराकानी भए । जसका लागि कम्युनिस्टहरुबीचमै विश्वास र सहकार्य बढाउनुपर्ने आशय रहेको पाइयो ।’ उनले भने ।

    चीन भ्रमणबाट फर्किएका गुरुङले चिनियाँ नेताहरूसँग औपचारिक रूपमा त्यस्तो कुराकानी नभए पनि कार्यक्रममा सहभागी भएपछि साँझविहान भेटघाट, खानपीनका क्रममा जिज्ञासा र प्रश्नहरू आएको बताएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ