• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    ६ एसपीको काज सरूवा, कसलाई कहाँ पठाइयो ?

    1K
    SHARES


    काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ६ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरूवा गरेको छ। बागमती प्रदेश कार्यालयमा रहेका एसपी रामेश्वरप्रसाद यादवलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक पठाइएको छ।

    सिन्धुपाल्चोकमा एसपी रहेका राजन अधिकारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालमा ल्याइएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयमा रहेका शान्तिराज कोइरालालाई जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुख तोकिएको हो।

    यस्तै मोरङका एसपी जनार्दन जिसीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा ल्याइएको छ। गण्डकी प्रदेश मुख्यालय कास्कीमा रहेका ऋषिराम कँडेललाई पश्चिम नवलपरासीको प्रहरी प्रमुखमा काज सरूवा गरिएको हो।

    पश्चिम नवलपरासीमा रहेका मनोजकुमार यादवलाई गण्डकी प्रदेश गण मुख्यालय पोखरा पठाइएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक दिलिप घिमिरेले बताए।

    स्थानीय चुनाव नजिकिएका बेला ६ जिल्लामा काजमा प्रहरी प्रमुख खटाइएका हुन्। उनीहरूलाई सोमबार काज सरूवा गरिएको हो।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ