• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    देउवासहित कांग्रेसका अधिकांश नेता चुनावी तालमेलको पक्षमा, निर्णय आज हुने

    190
    SHARES


    काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पार्टीका अधिकांश नेता चुनावी तालमेल गरेर जानुपर्ने पक्षमा उभिएका छन्।

    गत शुक्रबारदेखि सोमबारसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकमा बोलेका अधिकांश नेताहरूले सत्तारूढ पाँचदलीय गठबन्धनलाई नै चुनावसम्म कायमै राख्नुपर्ने बताएका थिए।

    चुनावी तालमेलको ढाँचालगायत विषयमा आज अपरान्ह ३ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकले निर्णय गर्नेछ। कांग्रेसले अरू दलसँग चुनावी तालमेल गरेर जाने सैद्धान्तिक निर्णय गर्ने सम्भावना छ।

    सभापति देउवा चुनावी तालमेलको पक्षमा छन्। उनीनिकट नेताहरू पनि तालमेलकै पक्षमा उभिए। केन्द्रीय कार्यसमितिमा सभापति देउवा पक्षधरको बाहुल्यता छ।

    नेता शेखर कोइराला र महामन्त्री गगन थापालगायत भने गठबन्धन गरेर जान नहुनेमा छन्। तर वरिष्ठ नेता रामचन्द्र पौडेल भने अहिलेको सत्तागठबन्धनलाई कायमै रहने गरी चुनावी तालमेलका पक्षमा देखिएका छन्। उनले एमालेलाई बलियो हुने वातावरण तयार गर्न नहुनेमा सबै सचेत रहनुपर्ने बताएका थिए।

    पार्टीका प्रवक्ता प्रकाशशरण महतका अनुसार गठबन्धनबारे आज बस्ने बैठकले निर्णय गर्नेछ। अधिकांश केन्द्रीय सदस्य चुनावी गठबन्धनकै पक्षमा देखिएको र एक्लै चुनावमा जानुपर्छ भन्ने मत पनि पार्टीमा आएको महत बताउँछन्।

    गठबन्धन गर्नुको औचित्य प्रष्ट पारेर, दलहरूले पछि धोका नदिने प्रतिवद्धतासहित गठबन्धन गरेर जाने पक्षमा कांग्रेसका अधिकांश नेता छन्। गठबन्धन गर्दा सबै सिट जित्न सजिलो हुने सभापति देउवा बताउँछन्।

    कांग्रेसले ०७४ मा आफूले जितेका क्षेत्र लिएर नेकपा एमालेले जितेका क्षेत्रमा पाँचदलीय गठबन्धनबाट साझा उम्मेदवार खडा गर्ने गरी चुनावमा जाने रणनीति लिएको छ।

    केही समय पहिले भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा पनि गठबन्धनका दलहरूले आफूले पहिले जितेका सिट लिएर एमालेले जितेका ८ सिट भागबन्डा गरेर साझा उम्मेदवार उठाएका थिए।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ