काठमाडौँ । युरोप काउन्सिलको संसदीय सभामा युक्रेनको प्रतिनिधिमण्डलकी प्रमुख मारिया मेजेन्तसेवाले रुसी सेनाले महिलामाथि बला’त्कार र यौ’न दुर्व्यवहार गरेको दाबी गरेकी छिन् ।
स्काइ न्यूजसँगको एक अन्तर्वातामा उनले भनिन्, ‘त्यहाँ एउटा मुद्दा छ, जुन हालै धेरै चर्चा गरिएको थियो किनभने यो अभियोजनकर्ताको कार्यालयमा रेकर्ड गरिएको र अगाडि बढिरहेको छ । हामी विवरणहरूमा जाँदै छैनौँ । तर, यो एकदम डरलाग्दो दृश्य हो । राजधानी किभनजिकै एउटा सहरमा एक नागरिकलाई उसको घरमा गो’ली हानेर मारिएको थियो । ’
उनले अगाडि भनिन्, ‘मलाई यो भन्न दुःख लागिरहेको छ कि उनलाई साना बच्चाहरुकै अगाडि बला’त्कार गरिएको थियो । मादक पर्दाथले उत्तेजित सिपाहीले परिवारको घरमा पसेपछि श्रीमानको ह’त्या गरेको र आफ्नी पत्नीलाई बारम्बार बला’त्कार गरेको युक्रेनका अभियोजनकर्ता जनरल इरिना भेनेदिक्टोभाले बताएका छन् ।
अभियोजनकर्ताले सार्वजनिक गरेको यो एउटा मुद्दाभन्दा पनि धेरै पीडितहरू छन । उता रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनको तर्फबाट रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबारे गरेको बयानलाई चेतावनीयुक्त रहेको बताएको छ ।
क्रेमलिनलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सका अनुसार ‘पुटिन सत्तामा बस्न सक्दैनन्’ भन्ने खालको सार्वजनिक बयान चेतावनी जस्तै छ । वास्तवमा, पोल्याण्डको वारसामा आफ्नो सम्बोधनका बेला शनिबार जो बाइडेनले भनेका थिए, ‘भगवानका लागि, यी व्यक्ति सत्तामा बस्न सक्दैनन् ।’
उनले युक्रेनमाथि रुसको हमलालाई लोकतन्त्र र निरंकुशता बीचको एउटा ठूलो संघर्ष बताएका छन् । पछि ह्वाइट हाउसको तर्फबाट बाइडेनको बयानमाथि स्पष्टिकरण दिने कोसिस गर्दै अमेरिकी राष्ट्रपति रुसमा सत्ता परिवर्तनको कुरा नगरिरहेको बताइयो ।
बाइडेनको बयानबारे क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोवलाई साध्दा उनले भने, ‘यो बयान निश्चित रुपमा खतरनाक छ । हामी निकै ध्यानपूर्वक अमेरिकी राष्ट्रपतिको बयानमाथि निगरानी राखिरहेका छौँ ।’ यो मामिलामा हालसम्म पुटिनको तर्फबाट कुनै सार्वजनिक बयान आएको छैन ।
यता रुबलमा रूसी ग्यासको भुक्तानी अस्वीकार्य हुने विश्वका ठूला सात औद्योगिक राष्ट्रहरूको समूह (जी–सेभन) समूहका सदस्य राष्ट्रले सोमबार दोहो¥याएका छन् । समूहमा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र अमेरिका रहेका छन् ।
जर्मन अर्थमन्त्री रोबर्ट हाबेकले उक्त मागले राष्ट्रपति भ्लादिमिर पुटिनको ढाड ‘पर्खालविरुद्ध’ भएको देखाएको बताए । “जी–सेभन राष्ट्रका ऊर्जा मन्त्रीहरू यो विद्यमान सम्झौताहरूको एकपक्षीय र स्पष्ट उल्लङ्घन हो भन्ने कुरामा सहमत भए,” हाबेकले भने । हाल जर्मनीले जी–सेभनको अध्यक्षता गरिरहेको छ ।
“रुबलमा भुक्तानी स्वीकार्य छैन र हामी सरोकारवाला कम्पनीहरूलाई पुटिनको मागको पालना नगर्न आह्वान गर्दछौँ ।” पुटिनले गत हप्ता रूसले सबै युरोपेली सङ्घमा समावेश देशहरूलाई प्राकृतिक ग्यास वितरणका लागि रूबलमा भुक्तानी मात्र स्वीकार गर्ने घोषणा गरेका थिए ।
युक्रेनमा आफ्नो आक्रमणमाथि पश्चिमले लगाएको कमजोर प्रतिबन्धको बाबजुत मस्कोले आफ्नो अर्थतन्त्रलाई प्रभावित हुन नदिन सङ्घर्ष गरिरहेको बेला यो कदम चालिएको हो । “मेरो विचारमा हामीले यस मागलाई पर्खालविरुद्ध पुटिनको पिठ्यूँ भएको रूपमा व्याख्या गर्नुपर्छ,” हबेकले आफ्ना जी–सेभेन समकक्षहरूसँगको छलफलपछि संवाददाताहरूसँग भने ।
फ्रान्सेली राष्ट्रपति इमान्युल म्याक्रोँले शुक्रबार पुटिनको ‘ग्यास–फर–रूबल’ मागलाई अस्वीकार गरिसकेका थिए । रूसी कदम ‘सम्झौताअनुरूप छैन र हामीले यसलाई किन लागू गर्ने भनेर म बुझ्न सकेको छैन,” म्याक्रोँले भने ।
अन्य युरोपेली देशहरू जस्तै जर्मनी पनि युक्रेन युद्धको कारण रूसी ऊर्जा आयातमा आफ्नो भारी निर्भरता कम गर्ने पहल गरिरहेको भए पनि अहिलेसम्म रुसी तेल र ग्यासको बहिष्कार गर्ने आह्वानको विरोध गर्दै यसो गर्दा युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र ९जर्मनी०मा अस्तव्यस्त हुनसक्ने उसले बताएको छ ।
यसैबीच, रूसले युक्रेनसँगको युद्धमा आफूलाई एक्लाउने मुलुकका नागरिकलाई आफ्नो भूगोलमा प्रवेशमा समेत कडाइ गर्ने तयारी गरिरहेको रूसी विदेशमन्त्री सेर्गेई लाभारोभले सोमबार बताएका छन् ।
प्रतिक्रिया