• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    चुनावी गठबन्धनबारे कांग्रेसले भोलि निर्णय गर्ने

    598
    SHARES


    काठमाडौँ । नेपाली कांग्रेसले चुनावी गठबन्धनलगायत विषयमा भोलि (मंगलबार) निर्णय गर्ने भएको छ। पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार केन्द्रीय सदस्यहरूले बोल्ने क्रम आज सकिएको छ।

    ‘भोलि ३ बजेको बैठकमा हामी निर्णय गर्छौं। बोल्ने क्रम आज समाप्त भएको छ,’ उनले भने, ‘पार्टीलाई स्थानीय चुनावमा कसरी प्रस्तुत गर्नेलगायत विषयमा भोलि निर्णयमा पुगिन्छ।’

    गत शुक्रबारदेखि कांग्रेसले केन्द्रीय समिति सुरू गरेको थियो। बैठकमा गाउँ गएका नेताहरूले पार्टीको अवस्थाबारे विवरण पेश गरेका थिए। कतिपयले गठबन्धनका पक्षमा त कतिले एक्लै चुनाव जितिने विवरण पेश गरेका छन्।

    प्रवक्ता महतका अनुसार विशिष्ट परिस्थितिमा गठबन्धनको सरकार बनेको बताएका छन्। केन्द्रीय समितिमा गठबन्धनलाई कायमै राख्ने कुरा बताएको उनले जानकारी दिए।

    ‘तालमेल गरेर जाँदा नै पार्टीले धेरै सिट जित्ने अधिकांश साथीहरूले बताउनुभयो,’ उनले भने, ‘एक्लै पार्टी गएर परीक्षणमा राख्नुपर्छ भन्ने मत पनि आएका छन्।’

    कहाँ तालमेल गर्ने कहाँ नगर्ने भन्ने निर्क्यौल गर्नेबारे सैद्धान्तिक निर्णय केन्द्रीय समितिबाट आउने उनले बताए।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ