• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विज्ञान-प्रविधि समाचार

    के एलन मस्कले नयाँ सामाजिक सञ्जाल खोल्दैछन् ?

    718
    SHARES


    काठमाडौं । विश्वकै सर्वाधिक धनाढ्य अर्बपति एवम् टेस्ला कम्पनीका प्रमुख एलन मस्कले नयाँ सामाजिक सञ्जाल खोल्नेबारे गम्भीर विचार गरिरहेको बताएका छन् ।

    मस्कले ट्विट गर्दै यस्तो बताएका हुन् । एकजना ट्विटर प्रयोगकर्ताले सोधेको प्रश्नको जवाफ दिँदै मस्कले ओपन सोर्स (खुला श्रोत) एल्गोरिदममा आधारित रहेर वाक् स्वतन्त्रतालाई प्राथमिकता दिई नयाँ सामाजिक सञ्जाल खोल्ने विषयमा गम्भीर विचार गरिरहेको बताए ।

    आफैँ पनि ट्विटरमा निकै सक्रिय रहने मस्कले बेला बेला ट्विटरको आलोचना गर्दै आएका छन् । ट्विटरले वाक् स्वतन्त्रताका सिद्धान्तको पालना गर्न असफल भएका कारण लोकतन्त्रलाई हानी पुर्‍याइरहेको उनको धारणा छ ।

    यसअघि उनले ट्विटरमा ट्विटरले वाक् स्वतन्त्रताका सिद्धान्त पालना गरे/नगरेको विषयमा ‘पोल’ गरेका थिए । ‘यो पोलको परिणाम निकै महत्वपूर्ण हुनेछ । कृपया ध्यान दिएर मत दिनुहोला ।’

    उनको ट्विटमा उल्लेख थियो । उक्त ‘पोल’ मा ७० प्रतिशतले ट्विटरले यस्तो नगरेको मत दिएका थिए । पछिल्लो समय धेरै सेलिब्रेटी, राजनीतिक नेताहरु र धनाढ्यहरुले सामाजिक सञ्जालले वाक् स्वतन्त्रता कुण्ठित गरेको भन्दै आलोचना गर्दै आएका छन् ।

    यसअघि पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउण्ट पनि ट्विटरले हटाइदिएको थियो । ट्विटरले आफ्नो अकाउण्ट हटाइदिएपछि ट्रम्प आफैँले ‘ट्रुथ’ नामक सामाजिक सञ्जाल स्थापना गरेका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ