• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    धेरै थुतुनो नचलाउन बाबुराम भट्टराईको चेतावनी, योगेश भट्टराई कमल थापा पनि तातिए

    22.3K
    SHARES

    काठमाडौं, ७ चैत ।

    खस आर्यको आरक्षण खारेजी गर्न युरोपेली युनियन दिएको सुझावमा नेपालका नेताहरुले आक्रोस पोखेका छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, एमाले सचिव योगेश भट्टराई र राप्रपा अध्यक्ष कमल थापाले आक्रोस पोखेका हुन् ।

    निर्वाचनको पयवेक्षणका लागि नेपालमा आएको युरोपियन पर्यवेक्षण मिसनले जातीय संरक्षणसम्बन्धी आरक्षण प्रणालीको प्रभाव समीक्षा गर्न नेपाल सरकारलाई सुझाव दिएको थियो । नकारात्मक विभेद भोगेका समूहलाई मात्र आरक्षण सूचिमा राख्न र खस आर्यलाई समुहबाट हटाउन सरकारलाई आग्रह गरेको थियो । इयुको आग्रहलाई खराव अभिब्यक्तिका रुपमा नेताहरुले लिएका छन् । पूर्वप्रधानमन्त्री भट्टराईले थुतुनो नचलाएको बेश भन्दै कडा प्रतिक्रिया दिएका छन् ।

    भट्टराइले आफ्नो ट्वीटरपेजमा लेखेका छन्- ‘एउटा विदेशी नियोगले नेपालको कुनै जाति विशेषलाई आरक्षण नदिनू भन्ने आपत्तिजनक उर्दी जारी गरेको सुनियो । हामी नेपाली जनता स्वयम्ले बनाएको संविधानमा कतै आरक्षण शब्द छैन । त्यहाँ समानुपातिक समावेसी प्रतिनिधित्व मात्र छ । जुन विल्कुल सही छ । गुड र गोबर नचिन्नेले थुतुनो नचलाएकै वेश..’

    त्यसैगरी एमाले सचिव योगेश भट्टराईले इयूको सुझावलाई दुर्भाग्यपूर्ण भनि टिप्पणी गरेका छन् । -खस आर्यका सम्बन्धमा युरोपीयन यूनियनको टिप्पणी दुर्भाग्यपूर्ण छ । यसले नेपाली समजमा बन्दै गरेको जातिय एकता र साम्प्रदायिक सदभाबमा गम्भीर असर पर्न सक्छ । स्वयम ईयुको नियतमाथि समेत प्रश्न उठ्न सक्छ । यो निश्कर्सलाई फिर्ता लिनु नै बेस हुन्छ,-भट्टराईले आफ्नो ट्वीटर पेजमा लेखेका छन् ।

    त्यसगरी राप्रपा अध्यक्ष कमल थापाले पनि आपत्ति जनाएका छन् । उनले नेपालमाथी इयूको हस्तक्षेपका रुपमा ब्याख्या गरेका छन् । संबिधानमा व्यवस्था भएको खस आर्यको आरक्षण खारेज गर्न यूरोपियन युनियनले दिएको सुझाव अवांछित,अनाबश्यक, अनुपयुक्त र हस्तक्षेपकारी छ । नेपाली जनताका बिचमा विवाद र बिभाजनको बिउ रोप्ने यस्ता कार्य नगर्न यूरोपियन युनियनलाई परराष्ट्र मन्त्रालयले सचेत गराउनु,-थापाले ट्वीटर मार्फत भनेका छन् ।

    प्रतिक्रिया