• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    भारतमा आज र भोलि बन्दको घोषणा

    619
    SHARES


    काठमाडौँ । छिमेकी मुलुक भारतमा सोमबार र मंगलबार बन्दको घोषणा गरिएको छ। द हिन्दु समाचार पत्रका अनुसार नरेन्द्र मोदी नेतृत्वको सरकारका मजदुर, किसान र आमजनताविरोधी नीतिहरूको विरोधमा विभिन्न ट्रेड युनियनहरूले ४८ घन्टे बन्दको घोषणा गरेका हुन्।

    उक्त बन्दमा बैंकिङ, रेलवे, सडक, ट्रान्सपोर्ट, बिजुलीको क्षेत्रमा काम गर्ने कामदारले पनि साथ दिने बताएका छन्। यसअघि २२ मार्चमा नयाँदिल्लीमा बसेको ट्रेड युनियनहरूको बैठकले मोदी सरकारका नीतिविरूद्ध भारत बन्द गर्ने निर्णय गरेको थियो।

    सत्तारूढ भारतीय जनता पार्टीनिकट ट्रेड युनियनले भने यो बन्द राजनीतिक उद्देश्यले प्रेरित भएको भन्दै सहभागी नहुने बताएको छ। बन्दकर्ताहरूले श्रम कानुनमा हुन लागेको परिमार्जन रोक्नुपर्ने, इन्धनमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने लगायत विभिन्न माग राखेका छन्।

    बन्दमा २० करोड कामदारहरू सहभागी ट्रेड युनियनका नेताहरूको दाबी छ। त्यस्तै उता चीनको आर्थिक राजधानी मानिने सांघाई शहरमा लकडाउन घोषणा गरिएको छ।

    कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि अधिकारीहरूले सोमबार बिहानदेखि लागू हुने गरी लकडाउन घोषणा गरेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ।

    सांघाईमा दुई चरणमा लकडाउन हुनेछ। सहरको पूर्वी क्षेत्रमा आजदेखि अप्रिल १ सम्म र पश्चिमी क्षेत्रमा अप्रिल १ देखि ५ सम्म लकडाउन गरिनेछ।

    यो लकडाउनका कारण २ करोड ५० लाख मानिस प्रभावित हुने बताइएको छ। लकडाउन गरेर अधिकारीहरूले सहरका सबैको कोरोना परीक्षण गर्ने बताएका छन्।

    चीनमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढेको छ।  आइतबार चीनभरि ४ हजार ५ सय बढी संक्रमित थपिएका छन्।

    अरू मुलुकको तुलनामा यो संख्या न्यून भए पनि कोरोनाविरूद्ध शून्य सहनशिलताको नीति लिएको चीनले संक्रमण रोक्न कडा प्रतिबन्धहरू लगाउँदै आएको छ। सांघाईमा भएका उद्योग धन्दा र व्यापार-व्यवसाय बन्द भएपछि चीनमा इन्धनको माग घट्ने अनुमान गरिएको छ।

    चीनमा इन्धनको माग घट्ने ठानेर सोमबार तेलको भाउमा तीन प्रतिशतसम्म गिरावट आएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ। सांघाईमा लकडाउनको घोषणाले जापानको निकीसहित एसियाका विभिन्न सेयर बजारमा पनि गिरावट आएको छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ