• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सांघाईमा आजदेखि लकडाउन घोषणा, तेलको भाउमा गिरावट

    431
    SHARES


    काठमाडौँ । चीनको आर्थिक राजधानी मानिने सांघाई शहरमा लकडाउन घोषणा गरिएको छ। कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि अधिकारीहरूले सोमबार बिहानदेखि लागू हुने गरी लकडाउन घोषणा गरेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ।

    सांघाईमा दुई चरणमा लकडाउन हुनेछ। सहरको पूर्वी क्षेत्रमा आजदेखि अप्रिल १ सम्म र पश्चिमी क्षेत्रमा अप्रिल १ देखि ५ सम्म लकडाउन गरिनेछ। यो लकडाउनका कारण २ करोड ५० लाख मानिस प्रभावित हुने बताइएको छ।

    लकडाउन गरेर अधिकारीहरूले सहरका सबैको कोरोना परीक्षण गर्ने बताएका छन्। चीनमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढेको छ। आइतबार चीनभरि ४ हजार ५ सय बढी संक्रमित थपिएका छन्।

    अरू मुलुकको तुलनामा यो संख्या न्यून भए पनि कोरोनाविरूद्ध शून्य सहनशिलताको नीति लिएको चीनले संक्रमण रोक्न कडा प्रतिबन्धहरू लगाउँदै आएको छ।

    सांघाईमा भएका उद्योग धन्दा र व्यापार-व्यवसाय बन्द भएपछि चीनमा इन्धनको माग घट्ने अनुमान गरिएको छ। चीनमा इन्धनको माग घट्ने ठानेर सोमबार तेलको भाउमा तीन प्रतिशतसम्म गिरावट आएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।

    सांघाईमा लकडाउनको घोषणाले जापानको निकीसहित एसियाका विभिन्न सेयर बजारमा पनि गिरावट आएको छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ