• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    गठबन्धन गरेर जानु पर्छ भन्ने अधिकांशको मत छ- महत

    335
    SHARES


    काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आगामी स्थानीय तहको निर्वाचनमा आवश्यकताको आधारमा गठबन्धन गर्ने पक्षमा आफ्नो पार्टी रहेको बताएका छन् ।

    पार्टी कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै प्रवक्ता महतले हरेक वडा, पालिका र महानगरपालिकामा पार्टीले कसरी धेरैभन्दा धेरै सिट जित्छ र पार्टी बलियो बन्छ भन्ने कुरालाई ध्यानमा राखेर गठबन्धन हुने बताएका हुन् ।

    उनले पार्टीले केन्द्रीय समिति बैठकमा सबै वक्ताहरुले बोलेपछि मात्रै यसबारेमा आधिकारिक निर्णय गर्ने पनि प्रस्ट पारे । प्रवक्ता महतले अहिलेसम्म अधिकांश वक्ताहरुले कतिपय ठाउँमा गठबन्धनसँग समझदारी गरेर नै जानुपर्ने धारणा राखेको बताए ।

    ‘वैशाख ३० गतेको स्थानीय तहको निर्वाचन छ । त्यसमा कसरी जाने भन्ने विषयमा पनि साथीहरुले आ-आफ्नो जिल्लाको अनुभवको आधारमा सुझाव सल्लाह दिनुभएको छ । गठबन्धनको आवश्यकता छ भन्ने नै कुरा उहाँहरुले गर्नुभएको छ,’ प्रवक्ता महतले भने, ‘आवश्यकताको सिद्धान्तमा निर्वाचनमा जाने भनेको भावनाको विषयमात्रै होइन, बढीभन्दा बढी सफलता निर्वाचनमा हासिल गर्नको लागि हामी निर्वाचनमा जाने र बढीभन्दा बढी सफलता हासिल गर्न कतिपय ठाउँमा समझदारी गरेर गठबन्धन गरेर पनि जानु पर्दछ भन्ने नै अधिकांश साथीहरुको मत छ ।’

    अब सोमबारसम्म सबै सदस्यले बोलिसकेपछि कुन खालको मोडालिटीमा जान्छ भन्ने कुराको निर्क्योल हुने प्रवक्ता महतले बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ