• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights फोटो-फिचर

    फर्किए चिनियाँ विदेश मन्त्री वाङ, हेर्नुहोस ८ तस्बिरमा

    1.1K
    SHARES


    काठमाडौँ । तीन दिने नेपाल भ्रमण सकेर चिनियाँ विदेश मन्त्री वाङ यी स्वदेश फर्किएका छन्। आइतबार दिउँसो साढेतिर २ बजे उनी चीन प्रस्थान गरेका हुन्।

    उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्यालले बिदाइ गरेका छन्। यी गत शुक्रबार भारत हुँदै नेपाल आएका थिए। त्यसअघि उनी काबुलसमेत पुगेका थिए।

    यीले नेपाल भ्रमणका क्रममा शनिबार शिवपुरीमा हाइकिङ गरेका थिए। शनिबार भएको द्वीपक्षीय वार्तामा नेपाल र चीनबीच ९ बुँदे समझदारीमा हस्ताक्षर भएको थियो। विदेश मन्त्री यीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए।

    आइतबार स्वदेश फर्किनुअघि उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरूलाई भेटेका थिए।

    प्रचण्डसंगको भेटमा वाङ यीले रसुवागढी र तातोपानी नाका खोल्न चीन सकारात्मक रहेको बताएका छन् । वाङले कोरोनाको कारण नाका खोल्न समस्या भएको बताएका थिए । तस्विर: परराष्ट्र मन्त्रालय

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ