• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    ११ अर्ब ४० करोड चिनियाँ सहयोग

    1.4K
    SHARES


    काठमाडौं । चीन सरकारले आर्थिक एवं प्राविधिक सहयोगअन्तर्गत नेपाल सरकारलाई रु ११ अर्ब ४० करोडभन्दा बढी अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।

    उक्त रकम दुवै देशको सहमतिमा निर्धारण गरिएका परियोजना कार्यान्वयन गर्न खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ । उक्त रकम सन् २०२० का लागि प्रदान गरिएको हो ।

    यसैबीच नेपालको भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीले आफ्ना राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला घोषणा भएको विकास सहायता रकम पनि उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    शनिबार राजधानीमा सम्पन्न नेपाल–चीन परराष्ट्र मन्त्रीस्तरीय वार्तामा उनले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्। साथै उनले रसुवागढी–तातोपानी सीमानाका वस्तु तथा सेवाको दुईतर्फी आवागमन पूर्णरूपमा सञ्चालन गर्न सहमति जनाएका छन् ।

    वार्ताका क्रममा दुवै देशका परराष्ट्र मन्त्रीले सम्वद्ध निकायलाई सीमानाका शीघ्र सञ्चालन गर्न आवश्यक तयारीका निम्ति निर्देशन दिइसकेका छन् । चिनियाँ विदेशमन्त्रीले नेपाली विद्यार्थीलाई चाँडोभन्दा चाँडो चीन फर्काउने आश्वासन पनि दिएका थिए ।

    यस्तै नेपाल र चीन सरकारबीच ६ बुँदे समझदारीमा हस्ताक्षर भएको छ । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा शनिबार सिंहदरबारमा ९ बुँदे समझदारीमा हस्ताक्षर भएको हो । परराष्ट्रमन्त्री नारायण खड्का र दुई देशका प्रतिनिधिमण्डलबीच भेटवार्तापछि नेपाल र चीन सरकारले सो पत्रमा हस्ताक्षर गरेका हुन् ।

    समझदारी पत्रमा नेपाल-चीन अन्तर देशिय रेल निर्माणको संभाव्यता अध्ययन, नेपाल-चीन अन्तरदेशीय विद्युत प्रशारण लाइन निर्माणको संभाव्यता अध्ययन, नेपालमा उत्पादित सामग्रीलाई भन्सार छुट दिने, नेपालमा उत्पादन भएको हेलेग घाँस निर्यात, नेपाल चीनबीच आर्थिक तथा प्रविधिक सहयोग, अरनिको राजमार्ग मर्मत संभारसम्बन्धी दीर्घकालीन परियोजनाको तेस्रो चरण संचालन गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

    परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङमा उपस्थितिमा चीनको आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी सम्झौता र अन्तरदेशीय रेल निर्माणसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीबीच हस्ताक्षर गरेका थिए ।

    बहुचर्चित चीनको महत्वकांक्षी परियोजना बिआरआइबारे भने नेपालले तत्काल अगाडि बढाउन आनकानी गरेको छ । यसअघि नै नेपाल बिआरआइमा सहभागी भइसकेपनि सरकारले त्यससँग सम्बन्धित कुनै परियोजनामा चाँसो देखाएन ।

    सरकारले चर्को विवादबीच अमेरिकी परियोजना एमसीसी संसदबाट अनुमोदन गरेपनि बिआरआइप्रति चाँसो नदेखाउनुले कुटनीतिक रुपमा असर पर्ने विश्लेषण गरिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ