बेइजिङ। दक्षिण चीनको ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रमा सोमबार दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न एयरलाइन्सको विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको शनिबार पुष्टि गरिएको छ ।
दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा सोमबार दिउँसो १३२ यात्रु बोकेको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएपछि उद्धारकार्य जारी रहेको छ । उद्धारकार्यमा दुई हजारभन्दा बढी मानिसलाई घटनास्थलमा पठाइएको छ ।
दुर्घटनास्थल पहाडी जङ्गलमा रहेको हुनाले ब्ल्याक बक्सको खोजीकार्य ड्रोन र उद्धारकर्मी दुवैमा निर्भर रहेको जनाइएको छ ।
कुनमिङबाट गोआन्झाउका लागि उडेको चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ विमान सोमबार दिउँसो २ः३८ बजे वुझाउ सहरको टेङ्क्सियान काउन्टीको मोलाङ गाउँनजिकैको पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो ।
विश्व इतिहासमा आज : ५८३ जना मृत्यु भएको त्यो हवाई दुर्घटना
पुरुष नपुंसकताविरुद्ध भियग्रालाई अनुमति- सन् १९९८ मा अमेरिकाको खाद्य तथा औषधि प्रशासनले भियग्रालाई अनुमति दिएको थियो । फाइजरको चक्की अमेरिकामा स्वीकृत भएको पुरुष नपुंसकताविरुद्धको पहिलो औषधि थियो । सन् २०१२ भियग्राबाट मात्र कम्पनीले २ अर्ब अमेरिकी डलर आम्दानी गरेको थियो ।
बर्लुस्कोनी इटालीको सत्तामा- सन् १९९४ सिल्भियो बर्लुस्कोनी इटालीको शक्तिमा पुगेका थिए । २० वर्ष लामो राजनीतिमा बर्लुस्कोनी देशमा नीति तथा राम्रा कार्यभन्दा पनि विभिन्न स्क्यान्डलका कारण चर्चामा आए । कर ठगी गरेको आरोपमा सन् २०१३ मा उनलाई त्यहाँको अदालतले चार वर्ष जेल सजाँय तोकेको थियो ।
५८३ जनाको मृत्यु हुने इतिहासकै डरलाग्दो विमान दुर्घटना- सन् १९७७ मा स्पेनको टेनिराइफमा इतिहासकै खराब हवाई दुर्घटना भएको थियो । दुई ओटा बोइङ धावनमार्गमा ठोकिँदा ५८३ जनाको मृत्यु भएको थियो ।
पहिलो अन्तर्राष्ट्रिय रग्बी प्रतिस्पर्धा- सन् १८७१ मा बेलायत र स्कटल्याण्डले पहिलो अन्तर्राष्ट्रिय रग्बी खेलमा प्रतिस्पर्धा गरेका थिए । संघ फुटबलजस्तै, रग्बी एक ब्रिटिश आविष्कार हो । आज, यो मुख्यतया ब्रिटिश राष्ट्रमंडल को ठूलो भाग मा एक लोकप्रिय खेल हो ।
यस्तै लायतको म्यानचेस्टरबाट टर्कीका लागि उडेको एउटा विमान आकाशबाटै डाइर्भट गरेर अस्ट्रियाको राजधानी भियना पु¥याइएको छ । एक महिला यात्रुले चालक दलका सदस्यसँग होहल्ला र अन्य यात्रुलाई हातपात गरेपछि विमान डार्भट गरिएको हो ।
ती महिलाले बेलायती विमान जेट २ मा बच्चाहरु रोएको गुनासो गरेकी थिइन् । तर, उनी चाँडै कर्मचारीप्रति आक्रामक भइन् । उनलाई शान्त पार्ने सबै प्रयासहरू विफल भएपछि चालक दलले उनलाई झार्न भियनातर्फ उडान डाइभर्ट गर्नुपरेको थियो ।
एक साक्षीले म्यानचेस्टर इभिनिङ न्युजलाई बताएअनुसार ती महिला उडानमा लगभग एक घण्टा २० मिनेट बाधक बनेकी थिइन । ‘त्यहाँ धेरै कोलाहल थियो,’ यात्रुले भने ।
‘त्यसपछि उनी विमानको अगाडि पुगिन । उनी वास्तवमै कर्मचारीप्रति क्रुद्ध थिइन । कसैले उनको रिस शान्त पार्न सकेनन् । महिलाको व्यवहारलाई लिएर एयरलाइनले क्षमायाचना मागेको छ ।
प्रतिक्रिया