• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights खेलकुद

    सन्दीपको नयाँ कीर्तिमान कायम

    525
    SHARES


    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने एकदिवसीय अन्तर्राष्ट्रियमा कम इनिङ्समा ५० विकेट पूरा गर्ने विश्वकै दोस्रो खेलाडी बनेका छन् ।

    त्रिवि क्रिकेट मेदानमा पपुवा न्युगिनी (पीएनजीं)विरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा एक विकेट लिँदै उनले नयाँ कीर्तिमान बनाएका हुन् ।

    उनले २२ खेलमा ५० विकेट पूरा गरे । उनले १३ औं ओभरको पहिलो बलमा पीएनजीका कार्लेस आमिनीलाई एलबीडब्लू आउट गराएका थिए ।

    सन्दीप एकदिवसीय क्रिकेटमा ५० विकेट पूरा गर्ने नेपालको पहिलो खेलाडी बनेका छन् । एकदिवसीयमा कम इनिङ्समा ५० विकेट लिने रेकर्ड भने श्रीलंकाका अजन्था मेन्डिसले बनाएका छन् ।

    उनले १९ खेलमा ५० विकेट लिएका थिए । त्यस्तै भारतका अजित अग्राकर २३ खेलमा ५० विकेट लिएका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ