• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights खेलकुद

    आज पीएनजीविरुद्ध ब्याटिङ गर्दै नेपाल

    363
    SHARES


    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

    पीएनजीले केही बेरमा नेपालविरुद्ध बलिङ थाल्नेछ । नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । कमल सिंह ऐरीको स्थान गुल्सन झा आएका छन् ।

    पहिलो खेलमा पराजित भएको नेपाल आजको खेलमा सहज जित निकाल्ने योजनामा रहेको छ । शुक्रबार भएको सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल पीएनजीसँग ६ रनले पराजित भएको थियो ।

    नेपाल आजको खेलमा जित निकाल्दै सिरिज बराबरी गर्ने योजनामा छ । नेपालका कप्तान सन्दीप लामिछानेले आजको खेलमा जित निकाल्ने योजना भएको बताएका थिए ।

    यूएईमा नेपालले पहिलो खेलमा दुई विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा ७ विकेटको जित निकालेको थियो । नेपालले आगामी मेमा आईसीसी विश्वकप लिग टू अन्तर्गत अमेरिकामा सिरिज खेल्दैछ ।

    त्यसैका लागि यो सिरिजलाई फोकस गरेको छ । नेपालले पीएनजीसँग एकदिवसीय सिरिज लगत्तै नेपाल र पीएनजीले मलेसियासँग त्रिदेशीय टी ट्वान्टी प्रतियोगिता खेल्नेछन् ।

    नेपाली टोलीमा सन्दीप लामिछाने (कप्तान), अनिल कुमार शाल (विकेट किपर), दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, रोहित कुमार पौड्यल, आरिफ शेख, शुल्सन झाँ, सोमपाल कामी, देव खनाल, भिम सार्की, पवन सरार्फ रहेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ