• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    आजै काठमाडौँ आइपुगेका चिनियाँ विदेशमन्त्री वाङबारे भयो यस्तो खुलासा, नेपालीहरु दंग

    1.9K
    SHARES


    काठमाडौँ । उत्तरी छिमेकी चीनका विदेश मन्त्री वाङ यी तीन दिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। शुक्रबार अपरान्ह चार्टर्ड जहाजमा उनी भारतको राजधानी नयाँदिल्लीबाट काठमाडौं आइपुगेका हुन्।

    त्रिभुवन विमानस्थलमा चिनियाँ विदेश मन्त्री यीलाई परराष्ट्र सचिव भरतराज पौड्यालले स्वागत गरेका थिए। यसअघि यी साँझ ६ बजेमात्रै काठमाडौं आउने कार्यक्रम भए पनि उनी दुई घन्टाअघि आइपुगेका हुन्।

    नेपालमा अमेरिकी सहयोग परियोजना एमसिसी पारित भएपछि चीनबाट पहिलो पटक उच्च राजनीतिक भ्रमण भएको हो। चीनका स्टेट काउन्सिलरसमेत रहेका यी यसअघि पनि नेपाल आइसकेका छन्।

    तीन दिन काठमाडौंमा रहँदा चिनियाँ विदेश मन्त्री यीले द्वीपक्षीय वार्तासहित सहित महत्वपूर्ण राजनीतिक भेटघाट गर्ने छन्। आज काठमाडौं आए पनि उनले कुनै राजनीतिक भेटघाट नगर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

    चिनियाँ विदेश मन्त्री वाङ नेपाल आउँदा उनले एउटा काम भने नछुटाइ गर्ने गरेको खुलासा भएको छ । नेपाल आउँदा उनले अनिवार्य राख्नै लगाउने एउटा कार्यक्रम हो– हाइकिङ ।

    अन्य देशको भ्रमण गर्दा उनी हाइकिङमा ननिस्किने । तर नेपाल भ्रमणमा आएको बेला उनी हाइकिङ गर्न छुटाउँदैनन् । नेपालका सुन्दर पहाडले उनलाई लोभ्याउने गरेको छ ।

    परराष्ट्र मन्त्रालय स्रोतकाअनुसार यस पटकको भ्रमणमा पनि उनी हाइकिङ्मा निस्कने छन् । पहिलोपटक नेपाल आउँदा नगरकोट, दोस्रो पटक आउँदा चन्द्रागिरी र अहिले तेस्रोपटक आउँदा उनको रोजाइमा परेको छ– शिवपुरी ।

    शनिबार विहान उनले शिवपुरी हाइकिङमा जाने कार्यक्रम तय भएको छ । उनले हाइकिङमा कति समय बिताउँछन् भन्ने केही खुलाइएको छैन । अघिल्ला भ्रमणमा उनले एक देखि डेढ घण्टा हाइकिङमा बिताउने गरेका थिए ।

    वाङले चिनियाँ विदेशमन्त्रीको रुपमा पहिलो पटक सन् २०१४ को डिसेम्बरमा नेपालको भ्रमण गरेका थिए । त्यतिबेला उनले भक्तपुरको नगरकोट पुगी हाइकिङ गरेका थिए । वाङ यीले आफ्नो हाइकिङ कार्यक्रम गोप्य राख्ने गरेका छन् । भ्रमणको तारतम्य मिलाउने कमैलाई मात्र यो जानकारी दिने गरिएको छ ।

    सन् २०१४ को डिसेम्बरमा उनी हिँड्दै नगरकोटको भ्यु टावर पुग्दा कमैले मात्र उनी त्यहाँ जाने कार्यक्रम रहेको थाहा पाएका थिए । उनी सूर्योदय र सूर्यास्त अवलोकन गर्न नगरकोट पुगेका थिए ।

    सो वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने वित्तिकै उनी सिधै नगरकोट पुगेका थिए । पछि मात्र थाहा भयो नगरकोटमा उनले क्लब हिमालय रिसोर्टमा १५ वटा कोठा बुक गरिसकेका रहेछन् । उनी रिसोर्टबाट भ्यु टावरसम्म एक घण्टा हाइकिङ गरेका थिए ।

    वाङ चिनियाँ विदेशमन्त्रीको रुपमा दोस्रो पटक सन् २०१९ सेप्टेम्बर दोस्रो साता नेपालको भ्रमण गरेका थिए । त्यतिबेला पनि उनी सुटुक्क हाइकिङमा निस्केका थिए ।

    सन् २०१९ मा काठमाडौं आइपुगेको भोलिपल्ट उनी केबुलकारमा चन्द्रागिरी पुगी त्यहाँबाट मातातीर्थ भञ्ज्याङसम्म हाइकिङ गरेका थिए । उनी चन्द्रागिरी पुग्नु अघिल्लो दिनसम्म केबुलकारका वरिष्ठ कर्मचारीलाई समेत वाङ आउनेबारे जानकारी दिइएको थिएन ।

    मातातीर्थ भञ्ज्याङबाट हाल सञ्चालनमा नरहेको रोपवेको भग्नावशेष अवलोकन गरी उनी चन्द्रागिरी नै फर्केका थिए । उनले करिव डेढ घण्टा हाइकिङ गरेका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ